Loading...

नेपालमा वैज्ञानिक केन्द्रको स्थापना आवश्यक : प्रधानमन्त्री प्रचण्ड

काठमाण्डौ ,२५ कार्तिक ।

प्रधानमन्त्री पुष्पकमल दाहालले नेपालमा वैज्ञानिक अनुसन्धान तथा अन्वेशणका लागी आवश्यक केन्द्र निर्माण गरिने बताउनु भएको छ ।

विश्व विज्ञान दिवशको अवसरमा आज सुभकामना दिदै प्रधानमन्त्री दाहालले सरकारले त्यस्ता वैज्ञानिक केन्द्र स्थापनाका लागी सहयोग गर्ने प्रतिबद्धता जनाउनु भयो ।

विज्ञानले विश्वका हरेक मुलुकसँगको सहकार्य र सामिप्यता बढाउन मदत गरेको भन्दै उहाले विज्ञानलाई सधै समाजको हितमा प्रयोग गर्नुपर्ने बताउनु भयो ।

उहाले विश्व शान्ति र दिगो समाज निर्माणका लागी विज्ञानको भुमिका महत्वपुर्ण भएको चर्चा गर्नुभयो ।

विज्ञानको भूमिकाका बारेमा आवश्यक जनजागरण अभियानलाई सुद्रिणिकरण गर्न , साझा विज्ञानलाई मुलुकहरुबीचको सहयोगका लागी राष्ट्रय र अन्तराष्ट्रिय रुपमा प्रोत्साहन गर्नका लागी सबैपक्षबाट भुमिका खेल्नुपर्ने प्रधानमन्त्री दाहालको जोड थियो ।

नेपालका वैज्ञानिक तथा प्राविधीकहरुलाई उहाले नयाँ अन्वेशण तथा प्रयोग र यसमा आउने चुनौतिको हल गर्दै वैज्ञानिक विकासलाई निरन्तरता दिन पनि आग्रह गर्नुभयो ।

यसमा तपाइको प्रतिक्रिया

Loading...