Loading...

नेपालको आन्तरिक मामिलामा हस्तक्षेप गर्ने अधिकार कसैलाई छैन : ओली

धनगढी, कात्तिक २४ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बाह्य शक्तिहरूले जात, धर्म, भाषा, भूगोल र क्षेत्रका नाममा द्वन्द्व खडा गर्न खोजेको आरोप लगाउनु भएको छ ।

धनगढीमा गरिएको नेकपा एमाले प्रदेश नम्बर–७ स्तरीय अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै ओलीले विभिन्न शक्तिहरूले आफ्नो क्षणिक स्वार्थपूर्तिका लागि नेपालीहरूबीच द्वन्द्व सिर्जना गरिरहेको बताउनु भयो ।

नेपालको आन्तरिक मामिलामा हस्तक्षेप गर्ने अधिकार कसैलाई पनि नभएको उहाले सामाजिक एकता र राष्ट्रिय सद्भाव जोगाउनेतर्फ लाग्न आग्रह गर्नुभयो ।

ओलीले आफ्नो सार्वभौमसत्ता, स्वतन्त्रताको प्रयोग गर्ने अधिकार स्वयं नेपालीलाई भएको बताउनु भयो ।

राष्ट्रिय हितभन्दा पनि सत्ता र आफ्नो निहीत स्वार्थलाई केन्द्रमा राखेर केही शक्तिहरूले काम गर्न थालेको टिप्पणी गर्दै उनले यस्तो अवस्थामा एमाले राष्ट्रिय स्वाभिमानका साथ अघि बढ्ने बताउनु भयो ।

एमाले नेता माधवकुमार नेपालले संविधान संशोधनको विषय नेपालको आन्तरिक मामिला भएकाले वैदेशिक हस्तक्षेप स्वीकार नहुने बताउनु भयो ।

यसमा तपाइको प्रतिक्रिया

Loading...