Loading...

संसद बैठक पर्सि बिहान ११ बजेका लागी सर्यो

काठमाण्डौ ,२४ कार्तिक ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्की्विरुद्धको महाभियोग प्रस्तावमाथिको छलफल एक दिन पर सरेको छ ।

भोलीदेखि बस्ने संसद बैठकमा महाअभियोग प्रस्तावमाथि छलफल हुने भनिएपनि संसदको बैठक शुक्रबार बिहान ११ बजेका लागि सरेको हो ।

किरात समुदायका सांसदहरुको आग्रहअनुसार सभामुख ओनसरी घर्तीमगरले आज सूचना प्रकाशित गरी भोलीका लागी तोकिएको संसदको बैठक पर्सिका लागी सार्नुभएको हो ।
एमाले र माओवादीका १ सय ५७ सांसदले अख्तियार प्रमुख कार्की्विरुद्ध लगाएको महाभियोग प्रस्तावबारे सदनमा दोस्रो दिनको छलफल हुन बाँकी छ ।

कात्तिक ९ मा महाभियोग प्रस्तावबारे छलफल सुरु भएपनि धारणा राख्ने सांसदको लिस्ट बाकी छदै तीहार तथा छठ जस्ता पर्वका कारण भोलीका लागी बैठक सारिएको थियो ।

संसद सचिवालयले शुक्रबारको बैठकका लागि संभावित कार्यसूचीमा कार्की्विरुद्धको महाभियोग प्रस्तावमाथिको छलफल जारी रहने उल्लेख छ ।

छलफल सकिएपछि सदनले कार्की्विरुद्धका आरोपबारे अनुसन्धान गर्न महाभियोग सिफारिस समितिलाई दिनेछ । समितिले काम सुरु गरेको सात दिनभित्र आरोपीलाई मनासिफ सफाईको मौका समेत दिई एक महिनाभित्र सदनमा प्रतिवेदन पेस गर्नुपर्छ । आन्तरिक कार्य्विधि तयारीकै क्रममा रहेको समितिको बैठक पनि बिहीबार डाकिएको छ ।

केही कानुन विज्ञहरुले समितिको कार्य्विधिमा समितिले आवश्यक ठानेमा महाभियोगका आरोपीलाई स्थानहद तोक्न र सरकारी निवासबाट बाहिर राख्नेजस्ता आदेश दिन सक्ने प्रावधान थप गर्न सुझाव दिएका छन् ।

प्रस्तावित कार्य्विधिमा महाभियोगका आरोपीविरुद्धको अनुसन्धानका क्रममा प्राप्त कुनै प्रमाणलाई समितिले आवश्यक ठानेमा गोप्य राख्न समेत पाउने छ ।

अनुसन्धानका सिलसिलामा आरोपिका अतिरिक्त अन्य जुनसुकै व्यक्तिसँग लिखित वा मौखिक बयान लिन सक्ने छ ।

यसमा तपाइको प्रतिक्रिया

Loading...