Loading...

गाउँपालिकाको केन्द्र राख्ने बिषयमा झडप , १ घाईते

गुल्मी, कात्तिक २४ ।

रुरु गाउँपालिकाको केन्द्र रिडीमा राख्न माग गर्दै स्थानिय आन्दोलित भएपछि आज प्रहरी र आन्दोलनरत पक्षबीच झडप भएको छ । सो क्रममा १ जना घाईते समेत भएका छन् ।

रुरु गाउँपालिकाको केन्द्र रिडीमा हुनुपर्ने माग राख्दै रुरुगाउँपालिका संघर्ष समितिले आयोजना गरेकोे आन्दोलनमा हस्तक्षेप गर्न खोज्दा प्रहरी र स्थानीयबासिन्दा बिच झडप भएको हो । झडपमा स्थानीय दीपक कडेल घाइते हुनुभएको छ ।

सडक अवरुद्ध गरेर स्थानीयले आन्दोलन गरेपछि सुरक्षाकर्मीले सडक खुलाउने प्रयास गर्दा स्थानीय र प्रहरीबिच झडप भएको हो ।

झडपको क्रममा प्रहरीले चार राउण्ड अश्रुग्यास प्रहार गरेको थियो । प्रहरीले अश्रुग्यास प्रहार गरेपछि स्थानीय आक्रोसित हुँदै रिडी बजारमा रहेको अस्थाई प्रहरी विट समेत तोडफोड गरिदिएका छन् । दोहोर झडपको क्रममा ढुंगामुढा समेत प्रहार गरिएको थियो ।

स्थानीयले भोलीपनि आन्दोलन जारी राख्ने जनाएका छन् ।

यसमा तपाइको प्रतिक्रिया

Loading...