Loading...

सिन्धुलीगढी विजय उत्सव मनाईयो

रुद्र वहादुर खड्का

सिन्धुली,२४कात्तिक  ।

विश्वमा आफ्नो साम्राज्य कायम गदै हिड्ेका अग्रेज सेना(फिरंगे) हरुलाई पहिलोपटक १८२४ मा कर्तिक २४ गतेका दिन कहिलै नर्फकने गरी हार चखाएको स्मरणमा विगत ७ वर्ष देखि मनाउदै आईएको सिन्धुलीगढी विजयी उत्सव बुधवार भब्य रुपमा मनाईएको छ ।
नेपाल र नेपालीको बीरताको गाथा रच्न सफल सिन्धुलीगढीको संरक्षण र सम्वद्धनमा सम्वन्धीत निकायवाट कुनैपनि चासो नदेखाएपछि नेपाल पत्रकार महासंघ सिन्धुली शाखा तथा जिल्ला विकास समिति सिन्धुलीले विगत ७ वर्ष देखि संयुक्त रुपमा विजय उत्सव मनाउन थालेका हुन ।
नेपाल पत्रकार महासंघ सिन्धुलीले २०६७ सालमा एक्लै उत्सव मनाउन सुरु गरेको थियो भने त्यस भन्दा पछिल्ला वर्षहरुमा जिल्ला विकास समितिले पनि यसमा साथ दिदै आएको छ ।
स्थानीय विकास मन्त्री हितराज पाण्डेको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा सिन्धुली क्षेत्र नं. २ का संसद मोहनप्रसाद बराल र क्षेत्र नं.१ का गणेश पहाडी, पूर्व कृषि मन्त्री तथा सिन्धुली क्षेत्र नं. ३ का संसद हरीबोल गजुरेल मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रमलाई सम्बोधन गर्दै स्थानीय विकास मन्त्री पाण्डेले सिन्धुलीगढीको संरक्षणको लागी आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नु भयो । सिन्धुलीगढी सिन्धुलीबासी , नेपालको मात्र नभएर विश्वको नै सम्पदा भएकाले यसको संरक्षणमा नेपाल सरकारले विशेष प्राथमित्ता दिने बतँए ।
यदी सरकारले यस तर्फ ध्यान नदिने हो भने ऐतिहासिक धरोहर हराएर जाने भएकाले सरकार यस तर्फ सचेत रहेको मन्त्री पाण्डेले वताए ।
यदी सरकाले अब पनि गढी संरक्षणको लागी ठोस नीति नबनाउने हो भने पुर्खाको रगत र पसिनाले नेपाली सन्ततिहरुालई पोल्ने बताए ।
यसैगरी कार्यक्रममा बोल्दै संसदहरु मोहन प्रसाद बराल, गणेश पहाडी र हरीवोल गजुरेल ले बीर नेपालीहरुले गरेको योगदानको सम्मान गर्न राज्य अझै पनि पछि परेको बताए । उनीहरुले यसको सरक्षणमा अब कञ्जुसाई गर्नु नहुने बताए ।
कार्यक्रममा विभिन्न स्वदेश गानहरुमा नृत्य समेत प्रस्तुत गरेका थिए । विभिन्न जात जातिहरुको जातीय पहिचान झल्काउने झाकिहरु समेत प्रस्तुत गरिएको थियो ।
कार्यक्रममा सिन्धुलीगढी स्थित ठुलो गढी परिसरमा झण्डोतोलन समेत गरिएको थियो भने नेपाली सेनाले सलामी समेत दिएको थियो ।
स्थानीय विकास अधिकारी शिवप्रसाद हुमागाईको अध्यक्षतामा भएको कार्यक्रममा उपस्थितहरुलाई पत्रकार महासंघ सिन्धुलीका सभापति द्धारिका काफ्ले स्वागत मन्तव्य राखेका थिए ।

यसमा तपाइको प्रतिक्रिया

Loading...