Loading...

ट्रम्प अमेरीकी राष्ट्रपति: दुनियामा के परिवर्तन आउला ?

ऐजेन्सी कार्तिक २४ । धेरै पटक अनुमान , संभावना र सर्वेक्षणलाई गलत सावित गर्दै पछिल्लो समय अमेरीकाको राष्ट्रपतिमा समेत अनुमान विपरीत चयन भए पछि दुनियामा विभिन्न किसिमका दृष्टिकोण  टिप्पणी र अपेक्षाहरु व्यक्त भएका छन् । खासगरी अमेरीकी विदेश तथा रक्षा नीतिमाथिका आलोचनाहरु र बैदेशिक सम्बन्धका माममलामा ट्रम्पले के नीति लिन सक्छन् भन्ने चासो छ । ट्रम्पको प्रतिवद्धता र अवधारणाहरु हेर्दा ट्रम्प शासनले निम्न विषयहरुमा भिन्नता ल्याउन सक्छ  ।
१. विस्व व्यापारमा असर
यदी डोनाल्ट ट्रम्पले यस अघि भन्दै आएका नीति लागू गरे भने अमेरीकाको विस्व व्यापार सम्बन्धमा ठूलो बदलाव आउने छ । ट्रम्पले अमेरीकाले विस्व व्यापार सम्झौता भंग गर्ने चेतावनी दिदै आएका छन् । जस भित्र क्यानडा, नर्थ अमेरीकन फ्रि ट्रेड सम्झौता समेत पर्दछ । यदी यसो भयो भने उनले चीनबाट अमेरीका निर्यात हुने सामानमा ३५ प्रतिशत सम्म शुल्क लगाउने छन् । कुनै पनि विदेशी कम्पनीले अमेरीकी नागरिकहरुलाई रोजगारी दिनु  पर्ने छ । मेक्सीकोबाट आउने सामानमा समेत ३५ प्रतिशत शुल्क लगाउने ट्रम्पले बताउदै आएका छन् । यसले अमेरीकाको विश्व व्यापार संगठनमा रहेको भूमिकाबाट पछि हट्ने संभावना हुन्छ । अतः ट्रम्पले सत्तामा पुगेर यस्तो नीति अख्तियार गरेमा विस्व बजारमा प्रभाव बेग्लै हुने छ ।
२.जलवायु परिवर्तनमा समस्या
ट्रम्पले यस अघि देखि नै भन्दै आएका छन् कि उनको हातमा सत्ता आएमा अमेरीकाले ग्लोबल वार्मिगंको लागि अमेरीकाले दिदै आएको पैसा रोक्ने छन् । सन् २०१५ मा भएको जलवायु परिवर्तनको पेरिसमा भएको सम्झौता रद्ध गर्ने छन् । उनले ओवामाले उठाएका कदमहरु रद्ध गर्ने छन् । उनी तेल र ग्यास प्रयोगको हिमायतीको रुपमा चिनिदै आएका छन् ।
३. सिमानामा पर्खाल र आप्रवासीहरुलाई खेद्ने ?
अमेरीकामा रहेका १ करोड १० लाख अवैधानिक आप्रवासीहरुलाई उनीहरुको देशमा फर्काउने घोषणा गरेका ट्रम्पले यद्यपि धेरै पटक यसमा आफ्नो धारणा बदल्दै आएका छन् । उनले मेक्सीकोसगँ जोडिएको २००० किलो मिटर भन्दा बढी सिमानामा पर्खाल लगाउने बताउदै आएका छन् । तर के यो उनले पालना गर्न सक्छन् ? यो जोखिमपूर्ण निर्णयको कार्यन्वयनमा अनेकौ जटिलता उनले शायद देखेका पनि होलान । उनले मेक्सीकोलाई शुरुमा पर्खाल लगाउन पैसा दिने बताएका थिए तर त्याहाको भ्रमण गरे पछि पैसा नदिने बताउदै आएका छन् । यसले पनि यो विवादास्पद बन्न सक्छ ।
अर्कोतर्फ वैधानिक कागजात नभएका सबै आप्रवासीलाई हटाउछु भन्ने उनले लाखौं आपराधीक क्रियाकलाप गर्ने आप्रवासीलाई देशबाट हटाउने र अरुसगँ भविष्यमा सामना गर्ने बताएका छन् । त्यसै गरी शुरुमा मुसलमानहरुलाई अमेरीका आउन पूर्ण प्रतिवन्ध लगाउनु पर्छ भन्ने ट्रम्पले पछि खास मुलुकबाट आउने मुसलमानलाइए कडा निगरानीमा राखिने बताए तर ती देशहरुको नाम उनले उल्लेख गरेका छैनन् ।
४. नेटोको विघटन ?
ट्रम्पको यो बुझाई छ कि उत्तर एटलान्टीक सैनिक संगठन ( नेटो ) अब पूरानो भईसक्यो । यसमा जोडिएका देशहरुले अमेरीकाको नाममा फाईदा लिईरहेको उनको तर्क छ । उनले अमेरीकी विदेश नीतिको महत्वपूर्ण हिस्सा रहेको नेटो अमेरीकाले छाडेमा धेरै देशसगँको सैन्य सम्बन्धमा परिवर्तन आउने छ । उनले नाटो सदस्य देशहरुले कम्तीमा दुई प्रतिशत बजेट रक्षा क्षेत्रमा खर्च गर्नु पर्ने तर्क गर्दै आएका छन् ।
५.रुससगँको सम्बन्ध बलियो बनाउने
ट्रम्पको यो बुझाई छ कि अमेरीकाले रुससगँ द्धन्द भन्दा पनि सामिप्यता बनाउनु पर्दछ । उनले रुसी राष्ट्रपति भ्लादीमीर पुटिन शक्तिशाली नेता भएको र उनीसगँ राम्रो सम्बन्ध बनाउनु पर्ने पक्षमा वकालत गर्दै आएका छन् । विश्व युद्धको संभावित जोखिम रुस र अमेरीकाका कारण मात्रै संभव छ भन्ने तर्क ट्रम्पको छ । यस्तोमा आईएस विरुद्ध मिलेर लड्न सकिनेमा उनको बुझाई छ ।
समस्टीगत रुपमा हेर्दा ट्रम्प युगले अमेरीकालाई कस्तो धरातलमा लान्छ भन्ने कुराको मोटामोटी संकेत देखिन्छ । तर परिणाम अहिले विष्लेषण गर्ने बेला भएको छैन ।

यसमा तपाइको प्रतिक्रिया

Loading...