Loading...

राजनैतिक भेटवार्ताका लागी पूर्व राजा भारततर्फ ,भ्रमण गोप्य राखियो

काठमाडौं, कात्तिक २४ ।

आज सिंगापुर भ्रमणका लागी गएका पूर्व राजा ज्ञानेन्द्र शाहा त्यतैबाट भारत जादै छन् ।

सिंगापुरमा केहिदिन बसेपछि सिधै भारतको नयाँ दिल्ली पुगी शाहले राजनितिक भेटवार्ता गर्ने तयारी छ ।

भारत भ्रमणको तयारी र त्यहा हुने भेटवार्ताको बारेमा यसअघि नै शाहाका निजी सचिव सागर तिमल्सिनाले भारत पुगी व्यास्था मिलाएर आएका छन् ।

पूर्व राजा शाहले तिमल्सिना र आफ्नी बुहारी हिमानीलाई लिएर भारत जादै छन् । हिमानीलाई आफु सिंगापुर जानु अघि नै त्यसतर्फ पठाईसकेको उनले त्यहिबाट भारत लैजादै छन् ।

भारतमा रहदा राजनैतिक भेटवार्ता हने भनेपनि कस कससँग हुन्छ भन्नेबारेमा गोप्य राखिएको छ । स्वकीयसचिव तिमल्सिनाले भारत गएर भेटघाट र अरु कार्यक्रम तय गरेपनि त्यसलाई गोप्य नै राखिएको हो ।

पूर्व राजा शाहले भारत भ्रमण र भेटघाटका कार्यक्रमलाई नै गोप्य राखेर सिंगापुरबाट सिधै भारततर्फ जानुलाई विश्लेसकहरुले बिभिन्न शंका उपशंकाले हेरेका छन् ।

यसमा तपाइको प्रतिक्रिया

Loading...