Loading...

हिन्दि राष्ट्र भाषा र अंगिकृत नागरिक राष्ट्रप्रमुख कुनै हालतमा हुदैन : कोईराला

नेपालगन्ज, कात्तिक २४ ।

नेपालको राष्ट्रप्रमुख कुनै हालतमा अंगिकृत नागरिक हुन नसक्ने नेपाली कांग्रेसका महामन्त्री डा. सशांक कोइरालाले दोहोर्याउनु भएको छ ।

कोईरालाले भन्नुभयो , भारत लगायत विश्वका अन्य मुलुकमा अंगिकृत नागरिक प्रमुख पदमा जान नपाउने नेपालमा कसरी हुन्छ ?

नेपालमा अंगिकृतलाई राष्ट्रपति, प्रधानमन्त्री लगायत प्रमुख पद कुनैहालतमा दिन सकिदैन उहाले भन्नुभयो , यस्तो माग राख्नु गलत हो । यसबारेमा पार्टीमा छलफल हुन भने बाँकी रहेको जानकारी दिनुभयो ।

महामन्त्री कोइरालाले हिन्दी भाषालाई नेपालीपछिको दोस्रो राष्ट्रिय भाषाको रुपमा पनि मान्यता दिन नसकिने स्पष्ट पार्नुभयो । ‘तराई–मधेसमा पनि अवधी, भोजपुरी, थारु लगायतका धेरै भाषा छन्’, महामन्त्री कोइरालाले भन्नुभयो, ‘भारतको राष्ट्रिय भाषालाई स्वीकार गर्न सकिँदैन ।’ नेपालमा रहेका १२५ वटा भाषा मध्येबाटै हुनुपर्ने उहाँले बताउनुभयो ।

यसमा तपाइको प्रतिक्रिया

Loading...