Loading...

अन्तरिम संविधानबाटै नागरिकता विवाद टुङगीन्छ : निधि

धादिङ, कात्तिक २४   ।
उपप्रधान तथा गृह मन्त्री बिमलेन्द्र निधिले नागरिकताको बिषयमा बिबाद गरेर नबस्न सबैदललाई आग्रह गर्नुभएके छ ।
नेपाल प्रेस युनियनले आज धादिङमा आयोजना गरेको कार्यक्रममा उहाले नागरिकताको बिबादलाई अन्तरिम संविधान अनुसार टुंगो लगाउने तयारी भईरहेको बताउनु भयो ।

अन्तरिम संविधान अनुसार नागरिकताको विवाद टुङ्ग्याउन संविधान संशोधन मार्फत प्रस्ताव संसदमा लाने तयारी भइरहेको उहाले बताउनु भयो ।

मधेसी मोर्चासँग भएको छलफलपछि यस्तो सहमति नजिक पुगेको र अन्तरिम संविधानमा समेत स्वीकार गरिसकेको कुरा भएकोले नागरिकताका बारेमा सत्ता साझेदार र प्रतिपक्षसँग सल्लाह भइरहेको तथा यही कात्तिक अन्तसम्ममा संविधान संशोधन गरिने उहाँले जानकारी दिनुभयो ।

उहाँले प्रदेश सिमाङक, राष्ट्रिय सभा, भाषा आयोग सम्बन्धी विषय समेत संशोधनमा समेटिने बताउनुभएको छ ।

यसमा तपाइको प्रतिक्रिया

Loading...