Loading...

सरकारको बिरोध गर्नेको खुलेर प्रतिवाद गर्न प्रचण्डको निर्देशन

कार्तिक २४, काठमाडौं ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारको बिरोध गर्नेहरुको खुलेर प्रतिवाद गर्न पार्टि निकट विद्यार्थी कार्यकतालाई निर्देशन दिनुभएको छ ।

अखिल (क्रान्तिकारी) को अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रममा बोल्दै प्रधानमन्त्रीले हिमाल, पहाड र तराई मिलाएर संविधान कार्यान्वयन गर्ने संकल्पमा लागिरहेका बेला सरकार बिरुद्ध लाग्नेहरुको प्रतिवाद गर्न निर्देशन दिनुभएके हो ।

युवा समाजका उर्जाशील शक्ति भएकाले जनता, सर्वहारा वर्ग र देशको पक्षमा दृढतापूर्वक अगाडि बढ्न आग्रह गर्दै दाहालले सरकारले जनताको पक्षमा काम गरिरहेको बताउनु भयो ।

सरकारले गरीबका पक्षमा काम गरिरहेको भन्दै प्रधानमन्त्रीले थप्नुभयो, ‘हामी गरीबका लागि सरकार कार्यक्रमलाई रणनीतिक महत्वको कार्यक्रमसहित देशव्यापी बनाउँदै छौं ।
युवाहरुलाई रोजगारी र नभए बेरोजगार भत्ताको तयारी गर्दैछौं, जनता पेन्सन कार्यक्रमको तयारी गर्दैछौं, लोडसेडिङ अन्त्य गर्ने, राष्ट्रिय गौरवका आयोजना समयमै सम्पन्न गर्न उत्प्रेरित गर्ने र विकास खर्च बढाउने गरी काम गरिरहेका छौं । जनताको पक्षमा गरिएका कामहरुको सकारात्मक रुपमा सन्देश प्रवाह गर्नुहोस् ।’

कार्यक्रममा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ, रामबहादुर थापा बादल, हितमान शाक्य लगायतले देश र जनताका पक्षमा सरकारले गरेका राम्रा कामहरुको सकारात्मक प्रचारमा कमि भएको भन्दै त्यसलाई गाउँ–गाउँसम्म सन्देश प्रवाह गर्न विद्यार्थीहरुलाई आग्रह गर्नुभयो ।

यसमा तपाइको प्रतिक्रिया

Loading...