Loading...

माओवादी नेता चन्द भन्छन् ,अप्रेशन गर्नुपर्ने विरामिलाई रगत आउँछ भनेर अप्रेशन नै नगर्ने ?

डिल्लीराज रावत

कार्तिक २४, दाङ।

विप्लब नेतृत्वको नेकपा माओवादीले उठाएको खाद्यप्रभुताको आन्दोलन जनताका लागी भएकोले यसलाई गलत तरिकाले प्रचारबाजी नगर्न आग्रह गरेको छ ।

नेकपा माओवादी दाङले घोराहीमा गरेको मुल्यवृद्धिले खाद्यप्रभुतामा राख्ने असर विषयक अन्तरक्रियालाई सम्बोधन गद माओवादीका केन्द्रीय सदस्य मोहलाल चन्दले खाद्यको अधिकार उठाएर आफुहरूले जनताको पक्षमा आवाज उठाएको बताउनु भयो ।

उहाले जनताको अधिकार खाद्य अधिकार पनि भएकोले यसको पक्षमा आफुहरु आन्दोलित भएको बताउनु भयो ।

नेपालमा भ्रष्ट आचरण भएको सरकार भएकाले यो सरकार नै भ्रष्टाचारीको रूप भएको भन्दै उहाले राष्ट्रियताको कुरा विगतदेखि नै आफुहरुले उठाएको र अब जनताको खाद्य अधिकारको लागी आन्दोलन गर्ने बताउनु भयो ।

बन्द भन्दा अन्य कार्यक्रममार्फत आन्दोलन गर्न सकिदैन भनेर पत्रकार तथा नागरिक अगुवाले राखेको जिज्ञासामा राप्ती व्यूरो ईन्चार्ज समेत रहनुभएका चन्दले अप्रेशन गर्नुपर्ने विरामिलाई रगत आउँछ भनेर अप्रेशन नै नगर्ने भन्ने हुन्छ ? भन्ने प्रश्न गर्नुभएको थियो ।

मुल्यवृद्धिका विषयमा आफुले गर्ने कार्तिक २८ को नेपालबन्द पनि संघर्षको एउटा रूप भएको भन्दै त्यसमा सहयोग गर्न अनुरोध पनि गर्नुभयो ।

birod

आफुहरुले बन्द एकैचोटी नगरेको भन्दै खाद्य सम्प्रभुताका विषयमा यो भन्दा पहिला अन्य गतिविधि गरेको र आफूले खाद्यन्नको वियषमा घटाउनुपर्ने मूल्य सहित प्रधानमन्त्रीलाई जानकारी दिएको तर त्यो विषयमा सरकार जिम्मेवार नभएकाले आफुले संघर्षका कार्यक्रम पेचिलो बनाउदै लगेको बताउनु भयो ।

कार्यक्रमका अध्यक्ष तथा जिल्ला सेक्रेटरी शितलले आफुहरूले हिजो थाल ठोकेर विरोध गरेको भन्दै सरकारले आफ्ना विरोधका रूपलाई बन्दुकले दवाएमा त्यसको उत्तर बन्दुकले नै दिने बताउनु भयो ।

कार्यक्रमलाई नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष, क्रान्तिकारी पत्रकार संगठनका राप्ती संयोजक डिल्लीराज रावत, पत्रकार शरद अधिकारी, तुलसीपुर खानेपानीका अध्यक्ष खेमराज वली, नागरीक समाजका चन्द्रराज पन्त, अखिल नेपाल शिक्षक संगठनका नारायण भण्डारी लगायतले सम्बोधन गरेका थिए ।

यसमा तपाइको प्रतिक्रिया

Loading...