Loading...

मैले कहा भेटे दलाई लामाको एजेण्ट ? कपोलकल्पीत समाचार लेख्ने : देउवाको आक्रोस

काठमाण्डौं २४ कार्तिक । अकसर सञ्चार माध्यममा कमै बोल्ने गरेका काग्रेस सभापति शेर बहादुर देउवा बुधबार त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा निकै आक्रोसित देखिए । विशिष्ट कक्षमा पत्रकारहरुसग‘ आफूले दलाई लामाको एजेण्टलाई भेटेको भन्ने समाचार पछि देउवाले त्यस्तो भेट नगरेको भन्दै गलत समाचार लेख्ने भन्दै आक्रोस पोखेका हुन् ।

उनले काग्रेस एक चीन नीतिको पक्षमा रहेको र चीनको हितमा प्रतिकुल असर पर्ने गरी त्यस्तो भेट आफूले नगर्ने पनि बताए । साथै अब लोकमानको विषयमा छलफल गरेर धारणा सार्वजनिक गर्ने भन्दै सभापति देउवाले एमालेसग छलफल गरेर सविधान शसोधन प्रस्ताव दर्ता गर्ने बताए ।

यसमा तपाइको प्रतिक्रिया

Loading...