Loading...

अमेरिकाको नयाँ राष्ट्रपति बने डोनाल्ड ट्रम्प

एजेन्सी ,२४ कार्तिक ।

अमेरिकाको नयाँ राष्ट्रपतिमा रिपब्लिनक पार्टीका उम्मेद्वार डोनाल्ट ट्रम्प विजयी भएका छन् ।

ट्रम्प दुई सय ८८ इलेक्टोरल मत प्राप्त गरी अमेरीकाको ४५ औ नयाँ राष्ट्रपति चयन भएका हुन् । अमेरिकामा राष्ट्रपति बन्न दुई सय ७० इलेक्टोरल मत आवश्यक हुन्छ ।
पछिल्लो मत परिणाम अनुसार डेमोक्रेटिक पार्टीकी उम्मेद्वार हिलारी क्लिन्टनले भने दुई सय १५ इलेक्टोरल मत पाएकी छन् ।
यसअघि अमेरिकामा गरिएका विभिन्न सर्वेक्षण अनुसार डेमोक्रेटिक उम्मेद्वार क्लिन्टन राष्ट्रपति बन्ने निष्कर्ष निकालिएको थियो ।
क्लिन्टन विदेशमन्त्री हुँदा आफ्नो निजी इमेल प्रयाग गरी संवेदनशिल सन्देश पठाएको आरोप लागेको थियो । यो इमेल काण्डमा अमेरिकी संघीय अनुसन्धान एजेन्सीले क्लिन्टन दोषी नरहेको निष्र्कका निकालेपछि उनका पक्षमा जनमत आउने आकलन गरिएको थियो ।

यसमा तपाइको प्रतिक्रिया

Loading...