Loading...

अमेरीकोको भावी राष्ट्रपतिका लागी ट्रम्प जित नजिक

एजेन्सी ,२४ कार्तिक ।

अमेरिकी राष्ट्रपतीय निर्वाचनको मतगणनामा रिपब्लिकन पार्टीका उमेद्वार डोनाल्ड ट्रम्पले अग्रता लिदै जितको नजिक पुगेका छन् ।

अमेरिकाको ४५ औ राष्टपतिका लागि भएको निर्वाचनको जारी मतगणनाको पछिल्लो मत परिणाम अनुसार रिपब्लीकन पार्टीका उम्मेदवार डोनाल्ड ट्रम्पले अग्रता लिएको छ ।

४२ ओटा राज्यको मतगणना सकिदा ट्रम्पले २ सय ५७ इलेक्टोरल मत ल्याउनु भएको छ भने प्रतिद्धन्द्धी डेमोक्रेटिक पार्टीका उमेदवार हिलारी क्लिन्टनले २ सय १५ इलेक्टोरल मत प्राप्त गर्नुभएको छ ।

अमेरिकामा कुल ५ सय ३८ ईलेक्टोरल कलेज सिट रहेको छ । पछिल्लो परिणाम अनुसार जीतका लागि ट्रम्पलाई २६ मत आवश्यक छ । मत परिणाम अनुसार ट्रम्पले ओहियो, लोवा, फ्लोरिडा, नर्थ क्यारोलिना लगायतका राज्यमा जित्नु भएको छ ।

यस्तै क्लिन्टनले भर्जिनिया, न्युयोर्क, वासिङ्टन, न्युजर्सी क्यालिफोर्निया, लगायतका राज्यमा बहुमत हात पार्नु भएको छ । राष्ट्रपति पदका लागि चार जना उम्मेदवार चुनावि मैदानमा भए तापनि विशेष रुपमा रिपब्लिकन पार्टीका डोनाल्ड ट्रम्प र डेमोक्रेटिक पार्टीका हिलारी क्लिन्टनबीच नै कडा प्रतिस्पर्धा देखिएको छ ।

अमेरिकाको भावि राष्टपतिका लागि हिजो भएको मतदानमा ५० वटा राज्य र वासिङटन डीसीका गरी कुल १२ करोड अमेरिकी मतदाता सहभागी भएका थिए । यद्यपी ३३ वटा राज्य र वासिङ्टन डीसीका ४ करोड मतदाताले भने यसअघि नै मत दिइसकेका छन् ।

राष्ट्रपतिमा निर्वाचित हुनका लागि ५ सय ३८ इलेक्ट्रोरल मतमध्ये २ सय ७० ल्याउनै पर्ने व्यवस्था छ । प्रतिनिधिसभा र सिनेटमा चुनिने प्रतिनिधिका आधारमा इलेक्ट्रोरल कलेज मत राज्य अनुसार फरक–फरक हुने गर्दछ ।

यसमा तपाइको प्रतिक्रिया

Loading...