Loading...

स्याङजामा ५ नगरपालिका र ६ गाउँपालिका सिफारिस गरिने

काठमान्डौ ,कात्तिक २४।
स्थानीय तह पुनर्संरचना प्राविधिक जिल्ला समितिले स्याङजामा ५ नगरपालिका र ६ गाउँपालिका सिफारिस गर्ने भएको छ । प्राविधिक समिति र राजनीतिक दलबिचको लामो छलफलपछि तयार भएको पुनर्संरचनाको खाका सिफारिस गर्ने भएको हो ।

सिफारिस हुने नगरपालिकामा पुतलीबजार, भिरकोट, वालिङ, चापाकोट र गल्याङ रहेका छन् भने गाउँपालिकामा आँधीखोला, फेदीखोला, अर्जुनचौपारी, बिरुवा अर्चले, हरिनास र कालीगण्डकी रहेका छन् ।

नगरपालिका तर्फ पुतलीबजारको स्याङजा बजार, भिरकोटको बयरघारी, वालिङको वालिङ, चापाकोटको सुन्तलीटार र गल्याङको गल्याङबजार केन्द्र तोकिएको छ ।

समितिले सिफारिस गर्न लागेको गाउँपालिका तर्फ आँधीखोलाको सेतिदोभान (कृषि), फेदीखोलाको फेदीखोला, अर्जुनचौपारीको अर्जुनचौपारी बजार, बिरुवा अर्चलेको बिरुवा बजार, हरिनासको ढुङेगेठाँटी वा प्यारसिङ् र कालीगण्डकीको र्मि्मि केन्द्र तोकिएको छ ।

पुरानो र प्रस्तावित नगरपालिकामा गाभिने गाविसको नामावली भने छफलफको चरणमै रहेको समितिका संयोजक तथा स्थानीय विकास अधिकारी महेश भट्टराईले जानकारी दिनुभयो । साथै उहाँले आयोगले दिएको समय सीमाभित्र नगर तथा गाउँपालिका सिफारिस गर्न नसकेपनि अधिकतम राजनीतिक सहमतिमा सिफारिस गर्नेतर्फ लागेको बताउनु भयो ।

यसमा तपाइको प्रतिक्रिया

Loading...