Loading...

नेपालको विकासमा सहयोग गर्न चीन र भारतलाई प्रमको आग्रह

काठमान्डौ कात्तिक २४ ।
प्रधानमन्त्री पुष्पकमल दाहालले आपसी सहकार्यका लागि नेपाललाई माध्यम बनाउन चीन र भारतले नेपालको भौतिक संरचनाको विकासमा सहयोग गर्नुपर्ने बताउनु भएको छ ।

ट्रान्स हिमालय को–अपरेशन तथा नेपाल बैंकर्स एशोसियसनको सहकार्यमा आज राजधानीमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले यस्तो बताउनु भएको हो ।

प्रधानमन्त्री दाहालले आफू प्रधानमन्त्री भए पछि नेपाल भारत र चीनको त्रिदेशीय सहकार्यका लागि जोड दिएको बताउनु भयो । दाहालले गोवामा भारतीय समकक्षी र चिनीयाँ राष्टपतिसँग भएको  भेटमा त्रिदेशीय सहकार्यका लागि प्रस्ताव राखेको समेत उल्लेख गर्नु भयो ।

त्यसका लागि ट्रान्स हिमालय कोअपरेसन उपयुक्त माध्यम बन्न सक्ने उहाँको भनाई थियो । पछिल्लो समय जलवायु परिवर्तन र आतंकवाद सबैको समस्याको रुपमा उदय भएकाले त्यसको समाधानका लागि पनि त्रिदेशीय सहकार्य जरुरी भएको प्रधानमन्त्रीले बताउनु भयो ।

नेपालको विकासका लागि भारत र चीनको उत्तिकै सहयोग र लगानीको आवश्यकता औंल्याउँदै दाहालले विश्व अर्थतन्त्रमा चीन र भारत उदयमान शक्तिराष्ट्रका रुपमा आएकाले उनीहरुको विकासबाट नेपालले फाइदा लिन सक्नु पर्ने उल्लेख गर्नु भयो ।

यसमा तपाइको प्रतिक्रिया

Loading...