Loading...

लोकतन्त्रलाई बचाउन काग्रेस बलियो हुन आवश्यक : नेता खनाल

रामग्राम , २४ कात्तिक । नेपाली काग्रेसका नेताएवंम् नवलपरासी निर्वाचन क्षेत्र न. ५का सांसद बिक्रम खनालले लोकतन्त्रलाई बचाउन पनि देशमा कागं्रेस थप बलियो बनाउन आवश्यक रहेको बताउनुभएको छ ।

नवलपरासीको गेर्मीमा पार्र्टी प्रबेश तथा कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै नेता खनालले देशमा जब जब अफ्ठ्¥यारो पर्दछ तब काग्रेसको आवश्यकता हुन्छतसर्थ सुखमा भन्दा पनि दुखमा साथ दिनकालागी काग्रेसलाई बलियो बनाउनु आवश्यक रहेको बिचार राख्नुभयो ।

राणाशासन देखी लोकतन्त्र गणतन्त्र स्थापना सम्म काग्रेसको महत्वपुुर्ण भुमीकालाई सारा बिश्वले मानेकाले बताउदै नेता खनालले भन्नुभयो त्यही प्राप्त उपलब्धीलाई संस्थागत बनाउन कागं्रेस बलियो बन्न आजको आवश्यकता हो ।

संसदीय दलका सदस्य समेत रहनुभएका खनालले आफु यस क्षेत्रको बिकास निमार्णका काममा जनता संगै रहेको बताउदै आफुलाई बिकास निमार्णका सबै काममाखबरदारी गर्न जनतालाई आग्रह समेत गर्नुभयो ।

सो अवसरमा नेपाली कागं्रेसका जिल्ला सचिब बिक्रम यादव ,पिछडा वर्ग महासंघका केन्द्रिय उपाध्यक्ष रामचन्द्र मौर्य , नेपाली काग्रेस क्षेत्र ं५का क्षेत्रिय सभापति दिनेशमणी पटेल , पार्टीका क्षेत्रिय सदस्य प्रेमचन्द्र कैशल लगायतले पार्टीलाई एक ढिक्का बनाएर लैजानुपर्ने बिचार राख्नुभएको थियो । सो अवसरमाबिभिन्न राजनितिक दल परित्याग गरी ५० जना नेपाली काग्रेसमा प्रबेश गरेको थिए ।

सो अवसरमा नवप्रबेशी कार्यकर्ताहरुलाई कार्यक्रमका प्रमुख अतिथी नेपाली काग्रेसका नेता एवंम् नवलपरासी निर्वाचन क्षेत्र न. ५का सांसद बिक्रम खनालले अबिर टिका सहित साधारण सदस्यता प्रदान गर्नुभएको थियो ।

यसमा तपाइको प्रतिक्रिया

Loading...