Loading...

कांग्रेस सभापति देउवाले आज स्वदेश फर्कदै

काठमाडौ २४ कार्तिक । भारत भ्रमणमा जानु भएका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आज स्वदेश फर्कदै हुनु हुन्छ । उहाँ आज मध्यान्ह स्वदेश फर्कने कार्यक्रम रहेको छ ।

सभापति देउवा भारतीय जनाता पार्टीको ‘थिंक ट्यांक’ संस्था इन्डिया फाउन्डेसनको गोवामा भएको कार्यक्रममा सहभागी हुन त्यस तर्फ  जानु भएको हो ।
साथै देउवाले त्यहा रहदा उच्च स्तरीय राजनीतिक भेटवार्ता समेत गर्नु भएको थियो । देउवालले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगको भेटमा नेपालको समसामायिक राजनिति र संविधानमा असन्तुष्ट पक्षलाई समेट्न भइरहेको प्रयास लगायतका विषयमा कुराकानी भएको थियो ।

भारतीय प्रधानमन्त्री मोदीले भेटवार्ताका क्रममा असन्तुष्ट पक्ष मोर्चालाई पनि समेटेर संविधान कार्यान्वयन गर्न सुझाव दिनु भएको थियो । साथै देउवा जवाहरलाल नेहरु विश्वविद्यालयबाट मानार्थ विद्यावारिधिद्वारा सम्मानित समेत हुनु भएको छ ।

यसमा तपाइको प्रतिक्रिया

Loading...