Loading...

प्रजातान्त्रिक आन्दोलनका सर्वमान्य नेता गणेशमानको जन्मजयन्ती बिभिन्न कायक्रम गरी मनाउदै

काठमाण्डौ ,२४ कार्तिक ।

नेपाली प्रजातान्त्रिक आन्दोलनका सर्वमान्य नेता गणेशमान सिहको १ सय १ औ जन्म जयन्ती आज नेपाली काग्रेसले बिभिन्न कार्यक्रमको आयोजना गरि मनाउदै छ ।

दिवसका अवसरमा नेपाली कांग्रेस र उसका भ्रातृ संगठनले आज विभिन्न कार्यक्रमको आयोजना गरेका छन् । विभिन्न कालखण्डमा भएका आन्दोलनमा नेतृत्वदायी भूमिका खेल्नु भएका सिंह लौह पुरुषका रुपमा चिनिन्छन् । वि.सं. १९७२ साल कात्तिक २४ गते राजनितिक सुब्बा ज्ञानमान सिंह र सुभद्रा कुमारीका जेठो छोराको रुपमा काठमाडौंको यट्खामा जन्मिएका हुन् ।

जन्मजयन्तीको अवसरमा आज बिहान सोभा भगबतिमा रहेको गणेशमानको शालिकमा काग्रेस नेताहरुले माल्यारपण गरेका थिए ।
गणेशमान सिह फाउन्डेसनको आयोजना सोहि कार्यक्रममा बोल्दै कांग्रेस नेता प्रकाश मान सिहले नेपाल का दलहहरु र नेता ले गणेशमान सिह को जस्तो त्यागको भावना देखाउन सके मात्र राजनीतिक स्थिरता कायम हुने बताउनु भयको छ ।

संविधान कायनयनका लागि समेत गणेमान सिहको बिचार आज पनि अनुसरण गर्न आवश्यक रहेको बताउनु भयो ।  संविधान सम्सोधनका लागि आन्दोलनरत पक्षबीच घनिभुत छलफल भईरहेको भन्दै उहाले छिटै टुगोमा पुग्ने गरि सहमति नजिक पुगेको समेत बताउनु भयो ।

अहिले हल्ला चलेजस्तो अंगकृत नागरिकले महत्त्वपूर्ण जिम्मेवारी दिने गरि सनसारमै नभयको कुरा नेपालमा लागू गर्न नसकिने बताउनु भएको छ । कायक्रममा मन्त्री नबिनद्रराज जोसि  सासदहरु राजेन्द्र कुमार केसि दिपक कुईकेल ध्यानगोबिद रजित मोहन कुमार राई चन्द्र महरजन जिल्ला सभापति सबुज बानिया लगायत नेता कायक्रता हरुको सभागिता रहेको थियो ।

आजै दिउसो १ बजे कांग्रेस जिल्ला कायलय ज्ञानेश्वर मा गणेशमान सिहको अर्ध कदको सालिक अनावरण समेत गरिने भयको छ भने देसै भर सिह को सम्झना बिबिध कायक्रम हरु आयोजना गरिएको छ ।

प्रजातन्त्रको योद्धा तथा २०४६ सालको जनआन्दोलनका का सर्वोच्च कमान्डर थिए। काठमाडौंको खानदानी परिवारमा जन्मेका गणेशमान सिंहले १९९७ सालमा स्थापना भएको नेपालको पहिलो राजनीतिक पार्टी प्रजा परिषद्को सदस्य भई राणा शासन हटाउने राजनीतिमा आफूलाई होमेका थिए। भद्रगोल जेल फोरी भागेका जोशिला तन्नेरी गणेशमान प्रबास जानुअघि नै तत्कालीन राणा हटाऊ आन्दोलनका एक नायक भैसकेका थिए। भारतमा अर्का नेता बीपी कोइरालासँग राजनीतिक सम्बन्ध विकसित हुनासाथ अन्य केही सहयोगीसाथ २००३ सालमा स्थापित नेपाली कांग्रेसलाई आजीवन जुझारू नेतृत्व दिन गणेशमानको उल्लेखनीय भूमिका रहेको छ।

२००७ सालको क्रान्तिका एक अगुवाका रूपमा उनले बीरगञ्ज मोर्चामा सशस्त्र संघर्ष गरेका थिए। संर्घषका हिसाबले बीपी कोइरालाभन्दा बढी समयसम्म देशमा प्रजातन्त्र बहाली र पुर्नबहाली लागि समर्पित गणेशमान सिंह सैद्धान्तिक हिसाबले बीपीका अनुयायी र सबैभन्दा ठूला र्समर्थकका रूपमा नेपाली कांग्रेसलाई लोकप्रिय बनाउन सदा क्रियाशिल रहे। पहिलो जननिर्वाचित सरकारमा वरिष्ठ मन्त्री रहेका गणेशमानले २०१७ सालमा प्रजातन्त्र अपहरण भएपछि आठ वर्षनिरन्तर काराबास भोगे। त्यसपछि पुनः प्रबासमा राजनीतिक संगठन विस्तार गरी २०३३ सालमा बीपीसँगै राष्टिूय मेलमिलापको नारा लिई स्वदेश फर्केर तत्कालीन पञ्चायती ब्यबस्थाका बिरूध्द सक्रिय रहे।

तत्कालीन पञ्चहरूबाट बीपीसँगै मृत्युदण्डको माग गरिएका गणेशमानले २०३६ सालको बिद्यार्थी आन्दोलन र जनमत संग्रहमा उत्तिकै नेतृत्वदायी भूमिका निर्वाह गरेका थिए। बीपीको निधनपछि कांग्रेसका सर्वोच्च नेताका रूपमा गणेशमानले २०४२ सालको सत्याग्रह आन्दोलन आरम्भ गरेका थिए। १९९७ सालदेखि अनवरत राजनीतिमा समर्पित कडा स्वभाव र जुझारू व्यक्तित्वका र्सवप्रिय नेता गणेशमानको अर्को महत्वपूर्ण योगदान २०४६ सालमा रहेको थियो। राष्टिूय जनआन्दोलनका लागि कम्युनिष्टहरूसँग मिलेर पञ्चायत बिरूध्द आन्दोलनको घोषणा गर्ने गणेशमानसिंह उक्त आन्दोलनका सर्वोच्च कमाण्डर थिए।

यसमा तपाइको प्रतिक्रिया

Loading...