Loading...

काठमाण्डौ लोडसेडिङ मुक्त हुदा एमाले र माओवादी भीडन्त किन , कमरेड ?

सिर्जना तिम्सिना

कार्तिक २४ काठमाण्डौं ।     कतिपय आलोचकहरु सबै भन्दा असल लक्ष्य बोक्ने कम्युनिष्टका ब्यवहारहरु सबै भन्दा खराब हुन्छ भन्छन् । यो कुरामा सत्यता कति होला केवल अनुमान मात्रै हो ।  तर अहिले सामाजिक सञ्जालमा एमाले र माओवादी कार्यकर्ताको उग्र भीडन्त हेर्ने हो भने कम्युनिष्टहरु राम्रो तथा नराम्रो दुईवटै काममा दुवै तरीकाले व्यवहार गर्छन भन्ने देखिन्छ ।
प्रसंग काठमाण्डौं लोडसेडिङ बाट मुक्त भएको विषय हो । यसलाई माओवादी कार्यकर्ताहरु आफ्नो प्रधानमन्त्रीको सफलताको रुपमा व्याख्या गरीरहेका छन् ।
उनीहरुको स्टाटसको केही प्रतिकात्मक रुपमा राखिएको छ हेर्नुस तल । माओवादी कार्यकर्ताहरुको स्टाटस :

maoist-2

maoist-status-1

एमाले कार्यकर्ताहरुको स्टाटसः

yemale-status-1

yemale-status-2
उता एमाले कार्यकर्ताहरु ओलीले पोहोरै देखेको सपना भनेर प्रचार गरीरहेका छन् । सामाजिक सञ्जालमा एक अर्कालाई उछितो काढेर माओवादी एमाले लडिरहेका बेला काग्रेस चाही रमीत हेरेर बसिरहेको छ । कुलमान घिसिगंलाई एमालेकी उर्जा मन्त्री राधा ज्ञवालीले असक्षम भन्दै चिलिमे हाईड्रोबाट पनि हटाएकी थिईन् तर तिनै घिसिगंलाई जब प्रचण्ड सरकारले प्राधिकरणमा ल्यायो तब उनले आफ्नो चमत्कार देखाई दिएका छन् ।
उसका कुनै मन्त्री नेताहरुले पनि सरकारको उपलव्धि या के भन्ने विषयमा बोलेका छैनन् । तर गगन थापाले सबै मृगौला पीडित विरामीलाई निशुल्क डायलसिस गर्ने व्यवस्था गरे के यो राम्रो काम होईन ? त्यसैले के एमाले के माओवादी जसले गरे पनि राम्रो कामको प्रससा र नराम्रो कामको विरोधमा जुटे कसो होला ? आखिर ओली सरकारमा पुगेको तिनै प्रचण्डको कारण हो नि होईन ? अनि प्रचण्डलाई फेरी एमाले चाहिन्छ नि कि चाहिदैन ?
त्यसैले भाडभैलो तर्फ हैन, देश दैलो जोगाउन लागौं मित्रहरु ।
 जनताको मत यस्तो छ
राजधानी बासीले अप्रत्यासीत रुपमा लोडसेडिङबाट मुक्त भए पछि खुसीको सिमै छैन । के काग्रेस, के एमाले के माओवादी जनताले पार्टी र मान्छे हैन अहिले कामको प्रसंसा गरीरहेको देखिन्छ ।  अनामनगर ३२ का स्थानीय नेता अर्जुन श्रेष्ठ भन्छन् , हैन यो त अचम्मै भो , पहिला पहिला लक्ष्मी पूजाको दिनमा समेत बिजुली गाको गाकै हुन्थ्यो , यसपाली धेरै राम्रो भो । यो सरकारले काम गरेकै हो यसमा भने ।  त्यस पछि  मिनभवन बस्ने राममाया जोशीलाई पनि यो लोडसेडिङ हटेकोमा सानो खुसी छैन । उनी पार्टी , मन्त्री र नेता नचिने पनि यो काम जसले गरेको हो त्यसलाई आशिर्वाद दिन्छु भन्छिन् ।
यसरी देशविदेशबाट नागरिकहरुले लोडसेडिङ मुक्त भएकोमा खुसी र धन्यवाद व्यक्त गरीरहेका छन् ।  यो चरणमा यसको जस लिने स्वभाविक हक प्रचण्ड सरकारलाई देखिन्छ । चाहे उर्जामन्त्री जनार्दन शर्मा किन नहोस, वा कुलमान घिसिङ नै किन नहोस् । यो सरकारको निर्णय र अवधि भित्र भएकाले सानो जस गयो भन्दैमा अरुले रिसाउनु पर्ने कारण देखिदैन भन्छन् वाम बुद्धीजीवीहरु ।

यसमा तपाइको प्रतिक्रिया

Loading...