Loading...

अमेरीकामा मतदान शुरु , कुनै पनि उम्मेद्धारको बहुमत आउनेमा निश्चित अझै भएन

कार्तिक २२ एजेन्सी । अमेरीकाको बहुप्रतिक्षीत राष्ट्रतीय निर्वाचनको प्रकृया शुरु भएको छ । डेमोक्रयाटीक उम्मेद्धार हिलेरी क्लिन्टनले न्यूयोर्कबाट मत खसाल्नु भएको छ ।  त्यसै गरी निर्णायक मानिएको भर्जिनियामा मतदान जारी छ । अमेरीकाका सबै ५० राज्य र वासिङटनमा ६ अलग अलग टाईम जोन अनुसार मतदान शुरु गरिएको छ । भर्जिनिया र जर्जियाको मत परिणाम पश्चिमी तटीय राज्यमा मतदान सकिनु चार घण्टा अघि नै आउने बताईएको छ । संसारभर ठूलो चर्चा र अड्कलबाजी भईरहेको छ डोनाल्ड ट्रम्प र हिलेरी क्लिन्टनको पक्ष विपक्षमा ।

केही सर्वेक्षणहरुले कुनै पनि उम्मेद्धारले ५० प्रतिशत मत ल्याउदैन कि भन्ने पनि देखाएको छ । तर चार प्रतिशत जति बढी मत क्लिन्टनको पक्षमा देखिएको छ । ट्रम्पको यौन काण्ड र हिलेरी क्लिन्टनको ईमेल काण्डले दुवै विवादमा आए पनि अहिले अमेरीकी मतदाताहरु उम्मेद्धारको भावी योजना र नीतिलाई लिएर सोचीरहेको पर्यवेक्षकहरुले बताएका छन् । अहिले सम्मको विभिन्न किसिमको सर्वेक्षणले क्लिन्टन बिजयी हुन सक्ने केही संकेत देखिए पनि निर्वाचनमा अप्रत्यासीत रुपमा ट्रम्प विजयी हुन सक्ने आकंलन समेत गर्नेहरुको कमी छैन ।  अमेरीका बाहेकका देशहरु रुस, चीन, भारत, पाकिस्तानका नेताहरुले समेत उम्मेद्धारहरुको पक्ष विपक्षमा वकालत गरीरहेका छन् ।

यसमा तपाइको प्रतिक्रिया

Loading...