Loading...

नेपाली नागरिकता बोकेका २ सहित ६ बंगलादेशी नागरिक पक्राउ

सुनसरी ,२३ कार्तिक ।
प्रहरीले सुनसरीको इनरुवाबाट नेपाली नागरिकता बोकेका २ सहित संदिग्ध ६ बंगलादेशी नागरिकलाई पक्राउ गरेको छ ।
तीन महिना देखी इनरुवास्थित एक होटलमा बस्दै आएका उनीहरुलाई प्रहरीले पक्राउ गरि आज सार्वजनिक गरेको हो ।
अन्तराष्र्टिय आतंकवादी संगठनसंग उनीहरुको साँठगाँठ हुन सक्ने भन्दै प्रहरीले आज दुई जनालाई मात्र सार्बजनिक गरेको छ ।
चार जनामाथि अनुसन्धान भइरहेको भन्दै प्रहरीले आज बंगलादेशी आसान मिया र सिजारोल मल्लिकलाई सार्बजनिक गरेको हो । उनीहरुमाथि नक्कली नागरिकतामा मुद्धा चलाइने उल्लेख गरेको छ ।

अंग्रेजी, हिन्दी र नेपाली कुनै पनि भाषा नबुझ्ने भएकाले अनुसन्धानमा केही ढिला भएको डिएसपी विनोद घिमिरेले बताउनु भयो । बंगालीभाषा बुझ्ने प्रहरीबाट अनुसन्धान पुरा भएपछि बाँकी ४ जनालाई पनि सार्बजनिक गरिने उहाले बताउनु भयो ।
पत्रकार सम्मेलनमा उनीहरुले बंगाली भाषामा आफूहरु तीन महिनादेखी इनरुवामा रहेको र वाईल्डिङको काम गर्न आएको उल्लेख गरेका छन् ।

उनीहरुले पश्चिम कुशाह ठेगाना उल्लेख गरेर नक्कली नागरिकता बनाएका हुन । आतंकवादी गतिबिधिमा संलग्नहरु भारतको बाटो नेपाल आएर सुनसरी लगायतका पुर्वी जिल्लाहरुमा बसी नेपाली नागरिकता बनाएर पासपोर्ट बनाई नेपालकै बाटो भएर विदेश जाने गरेका छन् ।

पक्राउ परेका मध्ये केही ४ दिन अगाडि मात्र सुनसरी आएकाले उनीहरुलाई ल्याउने मुख्य नाइकेले नागरिकता बनाउने तयारी गरिररहेको हुन सक्ने प्रहरीको आशंका छ ।

यसमा तपाइको प्रतिक्रिया

Loading...