Loading...

ब्रुनाई बिरुद्ध नेपालको अग्रता दोव्वर दोस्रो गोल गरे भरत खवासले

कार्तिक २३ काठमाण्डौं । मलेसियामा जारी एएफसी सोलिडारिटी कप अन्तर्गत नेपालले आज बु्रनाइसँग उत्कृष्ट प्रदर्शन गर्दै २–० गोलको अग्रता कायम गरेको छ ।
नेपालका लागि नवयुग श्रेष्ठले पहिलो हाफ्को ईन्जुरी समयमा आकर्षक गोल गरेका थिए । पहलो प्रहारलाई ब्रुनाईका गोल रक्षकले बचाए पछि रिबाउन्डेब बलमा नवयुगले कुनै गल्ती नगरी गोल गरेका थिए ।
त्यस पछि दोस्रो हाफ्को ७१ औं मिनेटमा गोल गर्दै भरत खवासले टिमको अग्रता दोव्वर पारे । कर्नरमा रिबाउन्डेड बलमा उनले गोल गरेका थिए ।
यो अग्रता पछि नेपाल समुह बिजेता बन्दै सेमिफाईन पुग्ने संभावना सुनिश्चित जस्तो देखिएको छ । बलियो भनिएको ब्रुनाईले नेपाल विरुद्ध गतिलो आक्रमण गर्न सकेको छैन ।

लेसियाको सारावाकमा रहेको रंगशालमा खेल जारी छ ।

पहिलो खेलमा टिमोर लिस्टेसँग गोलरहित बराबरी खेलेको नेपाल यो खेलमा ४–० भन्दा कम गोलअन्तरमा हारे पनि सेमिफाइनलमा पुग्ने छ ।

यस्तै बु्रनाइले पहिलो खेलमा टिमोर लिस्टेलाई ४–० ले पराजित गरेको थियो । सात देश सहभागि प्रतियोगितामा समूह एमा नेपाल, टिमोर लिस्टे र ब्रुनाइ रहेको छ भने समूह बीमा श्रीलंका, मकाउ, मंगोलिया र लाओस रहेका छन् ।

यसमा तपाइको प्रतिक्रिया

Loading...