Loading...

ब्रुनाई बिरुद्ध नवयुगको गोलमा नेपालको अग्रता

कार्तिक २३ काठमाण्डौं । मलेसियामा जारी एएफसी सोलिडारिटी कप अन्तर्गत नेपालले आज बु्रनाइसँग उत्कृष्ट प्रदर्शन गर्दै १–० गोलको अग्रता कायम गरेको छ ।
नेपालका लागि नवयुग श्रेष्ठले पहिलो हाफ्को ईन्जुरी समयमा आकर्षक गोल गरेका थिए । पहलो प्रहारलाई ब्रुनाईका गोल रक्षकले बचाए पछि रिबाउन्डेब बलमा नवयुगले कुनै गल्ती नगरी गोल गरेका थिए ।

लेसियाको सारावाकमा रहेको रंगशालमा पहिलो हाफ्को खेल सम्म नेपालले बलियो ठानिएको ब्रुनाईलाई चूनौती दिएको हो ।

आजको यस खेलबाट सेमिफाइनलमा पुग्ने टिमको टुंगो लाग्ने छ । पहिलो खेलमा टिमोर लिस्टेसँग गोलरहित बराबरी खेलेको नेपाल यो खेलमा ४–० भन्दा कम गोलअन्तरमा हारे पनि सेमिफाइनलमा पुग्ने छ ।

यस्तै बु्रनाइले पहिलो खेलमा टिमोर लिस्टेलाई ४–० ले पराजित गरेको थियो । सात देश सहभागि प्रतियोगितामा समूह एमा नेपाल, टिमोर लिस्टे र ब्रुनाइ रहेको छ भने समूह बीमा श्रीलंका, मकाउ, मंगोलिया र लाओस रहेका छन् ।

यसमा तपाइको प्रतिक्रिया

Loading...