Loading...

लोकमानलाई ७ दिनभित्र लिखित जवाफ सहित आउन सर्बोच्वको आदेश

काठमाण्डौ ,२३ कार्तिक ।

सर्बोच्व अदालतले अख्तियार दुरुपयोग अनुन्धान आयोगका निलम्बित प्रमुख आयुक्त लोकमानसिंह कार्कीलाई ७ दिन भित्र म्याद तामेलीमा अवरोध गर्नुको कारणबारे लिखित जवाफ पेश गर्न आदेश दिएको छ ।

कार्की सहित अन्य चार जनालाई विपक्षी बनाई दायर गरेको मुद्धामाथि सुनुवाई गर्दै सवोच्वले आज कार्कीलाई लिखित जवाफ सहित ७ दिन भित्र अदालतमा उपस्थित हुन आदेश दिएको हो ।

अधिवक्ता ओम प्रकास आर्यालले दायर गरेको मुद्धामाथि सुनुवाई गर्दै न्यायाधिश आनन्द मोहन भट्टराईको एकल इजलासले सुचना प्राप्त गरेको मितिले ७ दिन भित्र अदालतमा आफै उपस्थित हुन आदेश दिएको छ ।

आदेशमा म्याद तामेल गर्न किन असहज वातावरण बनाएको भन्दै कारबाहि गर्न नपर्नाका कारण सहित अदालतमा उपस्थित हुन भनिएको छ ।

कार्कीको नियुक्तीको विवाद सम्बन्धी मुद्धामा म्याद तामेल गर्न गएका सर्वोच्चका कर्मचारीलाई कार्कीका ज्वाई प्रवल थापा सहितको समुहले अवरोध गरेको थियो ।

यसमा तपाइको प्रतिक्रिया

Loading...