Loading...

कुटनैति मर्यादा नाघेर छिमेकीसँग टारिएर देश दुर्घटनातर्फ लादैछ सरकार : ओली

काठमाडौं , कार्तिक २३ ।
एमाले अध्यक्ष केपी ओलीले सरकारले कुटनैतिक मर्याता र मुल्य विपरित छिमेकी मुलुकसँग सम्बन्ध अघि बढाईरहेको बताउनु भएको छ ।

एमाले ७ नं प्रदेशका अगुवा कार्यकर्ता भेला उद्घाटन गर्न धनगढी पुग्नुभएका ओलीले विमान स्थलमा पत्रकारसँग कुरा गर्दै वर्तमान सरकारले कुटनैतिक मर्यादा विपरित छिमेकीसँग सम्बन्ध अघि बढाएको बताउनु भएको हो ।

छिमेक सम्बन्ध र परराष्ट्र नीतिका बिषयमा अशोभनीय र निन्दनीय काम भइरहेको टिप्पणी गर्दै ओलीले सोहि कारण मुलुक गम्भीर दुर्घटनातर्फ धकेलिएको धारणा राख्नुभयो ।

देशलाई अरुको स्वार्थ र अग्रगमन रोक्ने किसिमले राष्ट्र बिरोधी गतिबिधी भइरहेको उहाको आरोप छ ।

संबिधान संशोधनका बिषयमा ओलीले देश र जनताका हितमा हुने संबिधान संशोधनमा एमालेको साथ रहने वताउनुभयो ।

ओलीले सवै प्रकृया र्पुयाएर संसदवाट महाअभियोग पास हुनेमा कुनै शंका नरहेको बताउनुभयो ।
यस्तै एमाले वरिष्ठ नेता माधव कुमार नेपालले मधेश समस्या मधेशका जनताले बुझेको र त्यसमा अनावश्यक रुपमा भइरहेका प्रयास सफल नहुने वताउनुभयो ।

यसमा तपाइको प्रतिक्रिया

Loading...