Loading...

अति गरीब शहीद र वेपत्ताका लागि राहत पुग्ने गरी तामाकोशीको शेयर दिन्छौः प्रधानमन्त्री प्रचण्ड

काठमाण्डौं कार्तिक २३ । प्रधानमन्त्री पुष्पकमल दाहालले स्वदेशी पूजीमा निर्माण भईरहेको नमुना जलविद्युत परियोजना माथिल्लो तामाकोशीको ११ अर्ब रुपैयाको शेयर अति विपन्न गरीब , शहीद तथा वेपत्ता परिवारलाई वितरण गर्ने बताउनु भएको छ ।
माथिल्लो तामाकोशी आयोजनाको निरीक्षणका लागि दोलखा पुग्नु भएका प्रधानमन्त्री प्रचण्डले सरकारले आयोजनालाई दिएको त्रृmणलाई नै शेयरमा वितरण गर्ने बताउनु भयो । उहाले ४ सय ५६ मेगावाटको यो आयोजना तोकिए भन्दा ६ महिना अघि नै काम सक्न निर्देशन दिदै कार्यसम्पादन समयमै भए सबै कर्मचारीहरुलाई पुरस्कृत गर्ने आस्वासन दिनु भयो ।
भूकम्प र नाकाबन्दीका कारण प्रभावित भएर ढिलो भएको आयोजनाको नया तालिका अनुसार २०७५ साल असार मसान्त सम्ममा सो आयोजना निमार्ण भईसक्ने छ । यसै गरी सोही अवसरमा प्रधानमन्त्री दाहालले लामाबगर चीन जोड्ने सडकको अध्ययन गर्न र अघि बढाउन सम्बन्धित मन्त्रालयका सचिवलाई निर्देशन दिनु भएको छ । यसै गरी तामाकोशीकै ७८ मेथावाटको तामाकोशी पाचौं र रोल्वालिङ डाईभर्सनको काम अघि बढाउन विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई निर्देशन दिनु भयो ।

यसमा तपाइको प्रतिक्रिया

Loading...