भन्सार छली लैजाँदै गरेको सुन तथा मूर्ती सहित पक्राउ 

काठमाडाँै, २३ कात्तिक ।  रामछापे गोठगाँउ–८ घर भएका ४० वर्षीय खिल बहादुर श्रेष्ठलाई प्रहरीले सुन जस्तो देखिने पहेंलो धातु १ सय ग्राम सहित पक्राउ गरेको छ । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको पार्किङ एरियाबाट उनलाई प्रहरीले सोमबार विदेशबाट आएका नेपालीहरूबाट संकलन गरिरहेको अवस्थामा उक्त सुन सहित पक्राउ गरेको थियो ।
यसैगरी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपाल एयरलाईन्सको उडानद्धारा थाईल्याण्ड जान लागेका काठमाडौ महानगरपालिका–२२ बस्ने ३८ वर्षीय महेशमान महर्जनलाई प्रहरीले सोमबार डिपार्चर एरियामा चेकजाँच गर्ने क्रममा क्ष्लनष्लन द्यबिि क्तष्अप (काँस धातु), लेदर स्टिक, ड्रमे स्टिक (पित्तल धातु) र नयाँ नटराज शिवको मूर्ती अवैध रूपमा भन्सार छली गरी लैजाँदै गरेको अवस्था पक्राउ गरेको छ । उनीहरुलाई आवश्यक कारबाहीको लागि विमानस्थल भन्सार कार्यालयमा पठाइएको छ ।

मङ्ल, कार्तिक २३, २०७३ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया

अन्य समाचार समाचार

Like us On Facebook

Follow Us On Twitter