Loading...

लागू औषध गाँजा र सर्टगनको गोली सहित पक्राउ 

ईलाम, २३ कात्तिक ।  सुर्योदय नगरपालिका–६ डेरा गरी बस्ने सुनसरी ईटहरी उपमहानगरपालिका–७ घर भएका ७३ वर्षीय भक्तबहादुर चौहान र सुर्योदय नगरपालिका–६ बस्ने हिरन प्रधानलाई प्रहरीले लागू औषध गाँजा २३ किलो , ५ राउण्ड सर्टगनको गोली र ४ राउण्ड सर्टगनको खोका सहित पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय पशुपतीनगरबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई सोमबार राति उक्त गाँजा र गोली सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया

Loading...