Loading...

बुढानिलकण्ठ धार्मिक र पर्यटकीय रुपमा महत्वपूर्ण :जोशी

काठमाडौं, कात्तिक २३ ।

उद्योग मन्त्री नविन्द्रराज जोशीले धार्मिक र पर्यटकीय दृष्टिकोणले महत्वपूर्ण बुढानिलकण्ठ क्षेत्रको विकासमा सरकारले सक्दो सहयोग गर्ने बताउनु भएके छ ।

बुढानिलकण्ठ मेलाको अवसरमा आज आयोजित कार्यक्रममा बोल्दै मन्त्री जोशीले बुढानिलकण्ठ मन्दिरको विकासका लागि सरकार सकारात्मक रहेको बताउनु भयो ।
बुढानिलकण्ठलाई धार्मिक र पर्यटकीय दृष्टिकोणले विकास गर्न आवश्यक रहेकोमा जोड दिदै त्यसको विकासका लागि सरकारले सहयोग गर्ने आश्वासन दिनुभयो ।

धार्मिक सम्पदाको संरक्षण गर्नु सरकार र स्थानीय बासिन्दाको दायित्व भएको भन्दै उहाले यसको विकास र विस्तारमा जुट्न पनि आग्रह गर्नुभयो ।

बुढानिलकण्ठ मन्दिर निर्माणको खर्च जुटाउन आजबाट २९ गतेसम्म सोहि मन्दिर परिसरमा महायज्ञ सुरु गरिएको मेला मूल समारोह समितिले जनाएको छ ।

महायज्ञ सुरु हुनुअघि बुढानिलकण्ठ क्षेत्रमा कलश यात्रा निकालिएको थियो ।

यसमा तपाइको प्रतिक्रिया

Loading...