Loading...

असन्तुष्ठ पक्षको माग संबोधन नगरि संबिधान कार्यान्वयन हुदैन : मोदी

काठमाण्डौ ,२३ कार्तिक ।

भारतमा रहनुभएका काग्रेस सभापति शेरवहादुर देउवासँग भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भूकम्पले क्षति र्पुयाएका नेपालका संरचनाको पनुनिर्माणमा जुनसुकै किसीमको सहयोग गर्न तयार रहेको बताउनुभएको छ ।

आज भएको भेटमा भूकम्पपछिको पुनर्निर्माणमा आफूहरु तयार रहेको भन्दै उहाले सो कार्यलाइ तिब्रता दिन आग्रह गर्नुभएको सभापति देउवाले बताउनु भयो ।

प्रधानमन्त्री मोदीले संविधानप्रति असन्तुष्ट पक्षलाई समेट्न सके कार्यान्वयनमा सहजता हुने सुझाव दिनुभएको उहाले बताउनु भयो । असन्तुष्टहरुलाई संविधानको कार्यन्वयन लगायतका सबै प्रकृयामा समेट्न सके मुलुकमा शान्ति, स्थायित्व र प्रगति संभव रहेको मोदीको भनाई थियो ।

जवाफमा  देउवाले मधेसी, थारु लगायतका संविधानप्रति असन्तुष्ट पक्षलाई समेट्नका लागि भइरहेको प्रयास बारे जानकारी गराउनु भयो । सभापति देउवा भोली मध्यान्ह स्वदेश फर्किने कार्यक्रम रहेको छ ।

यसमा तपाइको प्रतिक्रिया

Loading...