Loading...

गोरखामा ११ स्थानीय तह रहने गरी प्रस्ताव तयार , झापामा १५ वटा

काठमाडौ २३ कार्तिक ।
गोरखामा ११ वटा स्थानीय तह रहने गरिस्थानीय तह पुनरसंरचना आयोगमा प्रस्ताव पठाइएको छ । दलहरुबिच भएको सहमती र विवादलाई समेत समेटेर आयोगमा प्रस्ताव पठाइएको जिल्ला प्राविधिक सहयोग समितिले जनाएको छ ।

समितिले जिल्लामा क्रियाशिल राजनीतिक दलहरुसँग छलफल गरी गोरखामा दुई नगरपालिका र ९ वटा गाउँपालिका रहने टुंगो लगाएको हो । जसअनुसार गोरखा नगरपालिकामा ताप्ले र देउराली गाविस तथा पालुङटारमा मिरकोट, धुवाँकोट र खोप्लाङ गाविस थप्ने प्रस्ताव गरिएको छ ।

नौ गाउँपालिका अन्तर्गत उत्तरी ७ गाविस समेटेर चुमनुब्री गाउँपालिका प्रस्ताव गरिएको छ । जसको केन्द्र सिर्दिबासको फिलिममा रहने र भोटेलामा स्वायत्त प्रदेशका रुपमा मान्यता दिने दलीय सहमति जुटेको प्राविधिक सहयोग समितिले जनाएको छ ।

यसैबीच स्थानीय तह पुनर्संरचना आयोग प्राविधिक सहयोग समिति झापाले जिल्लामा १५ वटा स्थानीय तह बनाउने निर्णय गरेको छ ।

जनसंख्या र भूगोलका आधारमा पुनरसंरचनाको निर्णय गरिएको स्थानीय तह पुनर्संरचना आयोग प्राविधिक सहयोग समितिका संयोजक खेमराज ओझाले जानकारी दिनुभयो ।

उहाँका अनुसार झापामा आठ नगरपालिका र सात गाउँपालिका हुने भएको छ ।

यसमा तपाइको प्रतिक्रिया

Loading...