Loading...

माओवादी केन्द्रको केन्द्रिय कार्यालय कब्जा गर्ने बर्हिगहित पूर्व लडाकु पक्राउ

काठमाडौं, कात्तिक २३।
नेकपा माओवादी केन्द्रको केन्द्रिय कार्यालय कब्जा गरेका बर्हिर्ग्मित पूर्व लडाकुलाई प्रहरीले आज विहान पक्राउ गरेको छ । आफ्ना बालबच्चासहित हिजो दिउँसोदेखि कार्यालय कब्जा गरेर बसेका उनीहरुलाई प्रहरीले आज विहान हटाएको हो ।

लडाकुले आफूहरुलाई गणतन्त्र योद्धा घोषणा गर्नुपर्ने, स्वेच्छिक अवकाश रोजेका पूर्व लडाकु, त्यही सरह आर्थिक प्याकेज वा दीर्घकालीन व्यवस्थापन हुनुपर्ने, झुटा मुद्दा लगाएर जेलमा राखेका बर्हिर्ग्मित लडाकुलाई बिना शर्त रिहा गर्नुपर्ने, घाइते अपांगलाई निशुल्क उपचार तथा आजीवन भत्ताको व्यवस्था गर्नुपर्ने लगायत माग राखेका छन् ।

आफ्ना मागबारे सुनुवाई गर्न पार्टी नेतृत्वले कुनै पहल नगरेका कारण कार्यालय कब्जा गर्नु परेको बर्हिगमित सेना नेपालका अध्यक्ष लेनिन विष्टले बताउनु भएको छ ।

सेना समायोजनका क्रममा संयुक्त राष्ट्रसंघीय मिसन अनमिनले ४ हजार ८ जना बाल सेनालाई अयोग्य भन्दै शिविरबाट निकालेको थियो ।

यसमा तपाइको प्रतिक्रिया

Loading...