Loading...

संविधान कार्यान्वयन नै वर्तमान परिवेशको चुनौति : सभामुख घर्ती

काठमान्डौ ,कात्तिक २३ ।
सभामुख ओनसरी घर्तीले संविधान कार्यान्वयनको विषय नै वर्तमान परिवेशको चुनौति भएको बताउनु भएको छ । घर्तीले संविधान कार्यान्वयनका लागि सबै राजनीतिक दल एक ठाउँमा आउनुको विकल्प नभएको समेत उल्लेख गर्नु भएको छ ।

विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीहरुसँग कुरा गर्दै सभामुख घर्तीले यस्तो बताउनु भएको हो । उहाँले एक आपसमा वार्ता र छलफललाई तिव्रता दिन दलहरुलाई आग्रह समेत गर्नु भयो ।

सभामुख घर्तीले संविधान कार्यान्वयन नभएसम्म राजनीतिक परिवर्तनका उपलब्धी संस्थागत हुन नसक्ने प्रष्ट पार्नु भयो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्की्विरुद्धको महाअभियोगको प्रक्रिया भने संसद् शुरु भएलगत्तै अघि बढ्ने उनको भनाइ थियो ।

यसमा तपाइको प्रतिक्रिया

Loading...