Loading...

कार्कीविरुद्धको रिटमाथि आजबाट सर्बोच्चमा सुनुवाई सुरु

काठमाडौ ,२३ कार्तिक ।
निलम्बित अख्तियार प्रमुख लोकमानसिंह कार्कीविरुद्ध दायर भएको रिटमाथि सर्बोच्च अदालतमा आजबाट सुनुवाई सुरु भएको छ । म्याद तामेलीमा अवरोध गरेको भन्दै कार्कीसहित चार जनालाई कारबाहीको माग गर्दै सर्वोच्चमा रिट परेको थियो ।

न्यायाधीश आनन्दमोहन भट्टराईको एकलमा जारी सुनुवाईमा निवेदकको पक्षबाट बहस भइरहेको छ । कार्की र अन्य चार जनामाथि कारबाहीको माग गरेका कानुन व्यावासायीले उनीहरुमाथि कारबाही गर्नुपर्ने कारण र औचित्य पुष्टी गर्ने प्रयास गर्नेछन् ।

व्यवस्थापिका संसदमा महाअभियोग प्रस्ताव दर्ता भएसँगै निलम्बनमा परेका कार्कीविरुद्ध कानुनी रुपमा समेत सम्पूर्ण सेवा सुविधा वन्चित गरी अदालतको अवहेलानामा कारबाही गर्न माग गरिएको छ ।

माओवादी केन्द्रका सांसद महेन्द्र बहादुर शाही प्रस्तावक भइ एमालेका सांसदहरुको समर्थनमा संसदमा अख्तियार प्रमुख कार्कीविरुद्ध महाअभियोग प्रस्ताव दर्ता भएको थियो ।

अख्तियार प्रमुखमा कार्की नियुक्तिको वैधानिकता सम्बन्धमा परेको रिटमाथि सुनुवाई प्रक्रिया अघि बढाएको सर्बोच्चले म्याद तामेलीमा कार्कीले गरेको अवरोध सम्बन्धमा पनि छुट्टै सुनुवाई सुरु गरेको हो ।

यसमा तपाइको प्रतिक्रिया

Loading...