Loading...

संविधान संशोधन बिना कार्यान्वयन गन असम्भव : महामन्त्री कोइराला

काठमान्डौ कात्तिक २३।
नेपाली कांग्रेसका महामन्त्री डा. शशाङक कोइरालाले संविधान संशोधन बिना कार्यान्वयन गर्न नसकिने बताउनु भएको छ । कोइरालाले संविधान कार्यान्वयनका लागि सबै दल मिलेर अघि बढ्नु पर्नेमा समेत जोड दिनु भएको छ ।

नेपाल प्रेस युनियन, कैलालीद्वारा आज आयोजत पत्रकार सम्मेलनमा डा.कोइरालाले यस्तो बताउनु भएको हो । सो सम्मेलनमा नेता कोइरालाले अङ्गीकृत नागरिकलाई देशको राष्ट्रपति बनाउनु पर्छ भन्ने पक्षमा नेपाली कांग्रेस नरहेको समेत उल्लेख गर्नु भयो ।

उहाले अङ्गीकृत नागरिकले भारतमा प्रधानमन्त्री र अमेरिकामा राष्ट्रपति बन्न नपाएको उदाहरण दिँदै सानो देश नेपालमा अङ्गीकृत नागरिकलाई राष्टप्रमुख जस्तो गरिमामय पदमा पुर्याए राष्ट्रको हित नहुने धारणा राख्नु भयो ।

कोइरालाले वर्तमान राजनीतिक परिस्थितिमा धर्मको मुद्दा उठाएर समस्या बल्झाउनु उपयुक्त नहुने बताउँदै राजनीतिक अवस्था सामान्य भएपछि यो विषयमा जनतालाई निर्णय गर्न दिनुपर्ने बताउनु भयो ।

यसमा तपाइको प्रतिक्रिया

Loading...