Loading...

एमाले प्रदेश नम्बर सातको भेला आज धनगढीमा हुदै

काठमाडौ २३ कार्तिक ।  

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको सात नम्बर प्रदेश भेला आज हुदैछ । कैलालीको धनगढीमा दिउँसो एक बजेपछि सुरु हुने भेलाको पार्टी अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

संविधानबारे जानकारी गराउन तथा पार्टी संरचनालाई बलियो बनाउने उदेश्यले विभिन्न प्रदेश भेला आयोजना गरेको एमालेले जनाएको छ ।

भेलालाई अध्यक्ष ओलीसहित सात नम्बर प्रदेश संयोजक समेत रहनु भएका उपाध्यक्ष भिम रावल लगायतका नेताले सम्बोधन गर्नेछ ।

एमालेले एक नम्बरदेखि पाँच नम्बर प्रदेशसम्मको भेला तिहार अघि नै सम्पन्न गरेपनि ६ र ७ नम्बर प्रदेशको भेला भने बाँकी रहेको थियो ।

यसमा तपाइको प्रतिक्रिया

Loading...