Loading...

भारतमा रहेका काग्रेस सभापति देउवाले राजनितिक भेटवार्तामा सुरु गर्दै

काठमाण्डौ ,२३ कार्तिक ।
भारत भ्रमणमा रहनु भएका नेपाली काग्रेसका सभापति शेरवहादुर देउवाले आजदेखि उच्च स्तरीय राजनितिक भेटवार्ता सुरु गर्दै हुनुहुन्छ ।

सभापति देउवाले आज भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी सँग भेटवार्ता गर्दै हुनुहुन्छ । यस्तै उहाले आजै विदेशमन्त्री सुष्मा स्वराज र गृहमन्त्री राजेन्द्र नाथ लगायतसँग पनि भेटवार्ता गर्ने जनाईएको छ ।
देउवाले काग्रेस आईकी अध्यक्ष सोनिया गान्धी तथा सत्तारुढ भारतीय जनता पार्टिका नेतालाई पनि देउवाले भेट्ने कार्यक्रम तय भएको छ ।

देउवाले यसअघि ईण्डिया फाउन्डेसन र जवाहरलाल नेहरु विश्वविद्यालयको कार्यक्रममा सहभागी भई विशेष कार्यक्रमलाई सम्वोधन गर्नुभएको थियो । सभापति देउवा भोली बुधबार स्वदेश फर्कनुहुनेछ ।

यसमा तपाइको प्रतिक्रिया

Loading...