Loading...

पूर्वमाओवादी लडाकुहरुले कब्जा गरे माओवादी केन्द्रको पार्टि कार्यलय

काठमाडौं, कात्तिक २२ । बहिर्गमित पूर्व माओवादी लडाकुहरुले नेकपा माअाेवादि केन्द्रको कोटेश्वर, पेरिसडाँडामा रहेकाे पार्टि कार्यलय कब्जा गरेका छन् ।

गत शनिबार र आइतबार राजधानीमा भएको बहिर्गमित लडाकुहरुको भेलाले सातबुँदे माग राख्दै उनीहरुले अाज  दिउँसोदेखि बहिर्गमित पूर्वलडाकुहरुले माओवादी पार्टी कार्यालयका कर्मचारीलाई भित्रै थुनेर कब्जा गरेका हुन् ।

पार्टी पटक–पटक सरकार पुग्दासमेत आफूहरुको माग पूरा नभएको भन्दै उनीहरुले अब पनि बेवास्ता गरे भौतिक कारबाहीमा उत्रने चेतावनी पनि दिएका छन् । सयौंको संख्यामा रहेका बहिर्गमित पूर्वलडाकुहरु बालबच्चासहित नै बसेका छन् ।

मूलगेटमा भित्रबाट ताला लगाएका उनीहरुले भित्र रहेकालाई बाहिर निस्कन र बाहिरबाट कसैलाई भित्र पस्न पनि दिएका छैनन् ।

14958519_1840295232882693_341733030_n

आफूहरुको रगत–पसिनामा टेकेर नेतृत्वले महल ठड्याएको भन्दै पूर्वलडाकुहरुले कलिलो उमेरमा युद्धमा होमेर आफूहरुको भविष्य अन्धकार बनाएको बताएकाे भन्दै निःशर्तरुपमा ‘अयोग्य शब्द’ हटाउनुपर्ने, पूर्वलडाकुहरुले पाएसरहको दीर्घकालीन व्यवस्था गर्नुपर्ने, आफूहरुको बालअधिकार हनन् भएकाले त्यसबापतको क्षतिपूर्ति पाउनुपर्नेलगायतका सातओटा माग उनीहरुले अघिसारेका छन् ।

यसमा तपाइको प्रतिक्रिया

Loading...