Loading...

समानान्तर महाधिवेशन गर्ने तरुण दलका पूर्वअध्यक्ष कायस्थको चेतावनी

भक्तपुर, कात्तिक २२ ।

तरुण दलका पूर्वअध्यक्ष विनोद कायस्थले आफुहरुलाई वेवास्था गरि नेपाल तरुण दलको महाधिवेशन गरिए समानान्तर महाधिवेशन गर्ने चेतावनी दिनुभएको छ ।

तरुण दलका असन्तुष्ट पक्षले आज भत्तपुरमा आयोजना गरेको कार्यक्रममा बोल्दै कायस्थले आफूहरुलाई बेवास्ता गरी कात्तिक २७ देखि पोखरामा महाधिवेशन गरिए समानान्तर महाधिवेशन गर्ने चेतावनी दिनुभयो ।

कायस्थले ‘हठातरुपमा पोखरामा महाधिवेशन गर्ने घोषणा गरिएको’ आरोप लगाउनु भयो ।

असन्तुष्ठ पक्षका मेदनी सिटौलाले पनि एकपक्षीयरुपमा सदस्यता वितरण गरी एकपक्षीयरुपमै महाधिवेशन गर्न खोजिएको भन्दै आफूहरुलाई कुनै हालतमा मान्य नहुने बताउनु भयो ।

कार्यक्रममा तरुण दलका अरु सदस्यहरुले एकपक्षीयरुपमा महाधिवेशन गर्ने काम कांग्रेस सभापति शेरबहादुर देउवाका लागि घातकसिद्ध हुने बताएका थिए ।

यसमा तपाइको प्रतिक्रिया

Loading...