Loading...

भारतीयहरुका लागि भिसा सजिलो बनाउन सकिदैनः टेरिजा, बेलायती प्रधानमन्त्री

एजेन्सी कार्तिक २२ । भारत भ्रमणमा रहेकी बेलायतकी प्रधानमन्त्री टेरिजा मे ले भारतको आग्रहका बीच भारतीय नागरिकहरुका लागि भिसा प्रणाली सरल बनाउने कुरा अस्वीकार गर्नु भएको छ ।

प्रधानमन्त्री टेरिजाले बेलायतको भिसा प्रणाली दुरुस्त रहेको र कुनै सुधारको खाचो नभएको भन्दै भारतीय आग्रह अस्वीकार गर्नु भएको हो ।

बेलायतले पहिले देखि नै बाह्य मुलुकका नागरिकलाई आकर्षित गर्न सफल रहेको भन्दै प्रकृया परिवर्तन संभव नभएको बताउनु भयो ।

भारतीय नागरिकले दिने १० प्रकारको भिषा आवेदन मध्य ९ वटा मात्र स्वीकृत हुने गरेकाले कतिपय भारतीयहरुलाई बेलायत प्रवेश र बसाईमा कठिनाई हुने गरेको छ ।

यसमा तपाइको प्रतिक्रिया

Loading...