Loading...

जंगली हात्तीको आक्रमणबाट मृत्यु

झापा, २२ कात्तिक ।  बाहुनडाँगी–२ बस्ने ६० बर्षीय मनहरी ढुंगेलको जंगली हात्तीको आक्रमणबाट मृत्यु भएको छ भने ६२ बर्षीय लम्बन बहादुर प्रधान घाइते भएका छन् ।
बाहुनडाँगी–२ देवीस्थान स्थित चियाबगानमा सोमबार घाँस काट्न गएको अवस्थामा जंगली हात्तीले आक्रमण गर्दा ढुंगेलको घटनास्थलमै मृत्यु भएको थियो । घाइते प्रधानलाई उपचारको लागि बिर्ता सिठी अस्पताल बिर्तामोडमा लगिएको छ ।

यसमा तपाइको प्रतिक्रिया

Loading...