Loading...

एटीएम कार्डबाट डाटा तथा पिन चोरी गरी रकम निकाल्ने ३ रोमनियन नागरिक पक्राउ

काठमाडौँ, २२ कात्तिक ।  एटीएम कार्डबाट डाटा तथा पिन चोरी गरी अनधिकृत रुपमा रकम निकाल्ने रोमानियन नागरिक ५२ बर्षीय घिता हुजुम ४८ बर्षीय लोसिफ मोरारु र ४५ बर्षीय एलेक्स क्रिश्चियन बुघिउरलान प्रहरीले पक्राउ गरेको छ ।
उनीहरुले अत्याधुनिक कार्ड स्कीमीङ डिभाईस , हिडेन क्यामेरा, खाली एटीएम कार्ड तथा कार्ड राईटर जस्ता उपकरणहरु समेत बोकेको अवस्थामा फेला परेका थिए ।

पर्यटक भिषामा नेपालमा आई काठमाडौँका ठमेल, दरबारमार्ग लगायतका विभिन्न बैंकहरुका एटीएम बुथहरुमा ती उपकरणहरुको जडान गरी विभिन्न बैंकहरुका एटीएम बुथहरुबाट नेपाली तथा विदेशी बैंकका ग्राहकहरुको खाताबाट रकम निकालेको सूचना प्राप्त भएपछि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोको टोलीले नेपाल ईन्भेष्टमेण्ट बैंकको आई.टि. शाखाको प्राविधिक सहयोगमा खोजी गर्ने क्रममा कात्तिक १९ गते होटल नेपाल तारा ठमेल, नरसिंहचोकबाट पक्राउ गरेको आज सार्वजनिक गरेको हो ।

प्रहरीले उनीहरुको साथबाट विभिन्न दरका नेपाली रुपैंया ३ लाख ८ हजार ५ सय रुपैया, युरो १० हजार ९ सय ५, फिलिपिनो मुद्रा ४ सय ७०, विभिन्न एटीएम कार्डहरु ३ सय ५३ थान, मोबाइल फोन ६ थान, ल्यापटप २ थान लगायतका सामाग्री समेत बरामद गरेको छ ।

उनीहरु बिरुद्द बैंकिङ कसूर तथा सजाय ऐन, २०६४ बमोजिम कार्बाही प्रकृया अघि बढेको प्रहरीले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया

Loading...