Loading...

उपत्यका लोडसेडिङ मुक्त भए पछि सरकारलाई राहत, मन्त्रीको नाम र पार्टी थाहा नपाउनेले पनि दिन थाले धन्यवाद !

काठमाण्डौं कार्तिक २२ । जनयुद्धका चर्चित कमाण्डरको रुपमा रहेका र खरो अभिव्यक्ति र फुर्तिलो नेताको रुपमा चिनिने जनार्दन शर्मा प्रभाकर अहिले सामाजिक सञ्जाल र सञ्चार माध्यमममा प्रशसा र चर्चाको पात्र बनेका छन् ।
केही समय अघि सम्म दिनहु १४ घण्टा सम्म बिजुली जाने हुदा दिक्क हुने गरेका उपत्यकाबासी अहिले चौबिसै घण्टा घरमा बिजुली आएको देखेर दंग परेका छन् ।
काठमाण्डौंको चोक चोकमा बिहानै चिया पसलदेखि घर घरमा अहिले अखिर लोडसेडिङ हट्न त सक्ने रैछ नि भन्दै चर्चा भईरहेको छ ।
अरु कुरा जे भए पनि लोडसेडिङ हटाउने सरकारलाई उनीहरुले धन्यवाद दिन थालेका छन् ।

काठमाण्डौं महानगरपालिकामा बसोबास गर्ने धेरै नागरिकहरु सामाजि सञ्जालमा पनि मन्त्री जनार्दन शर्मा सहित विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ सहित सबैले अहिले प्रशसा र धन्यवाद मात्रै सुनिरहेका छन् ।
अहिले मन्त्रीको नाम थाहा नपाउने, पार्टी नचिन्ने मान्छेले पनि उनीहरुलाई धन्यवाद दिईरहेको प्रष्टै देख्न सकिन्छ । यदी लोडसेडिङ निरन्तर हटेमा काठमाण्डौंमा ब्याट्री, जेनेरेटर , ईन्भर्टर जस्ता सामानको व्यापारमा कमी आउने छ । यसले स्वतः बैदेशिक सामानको आयातमा समेत कमी ल्याई देशको केही आर्थिक बचत समेत हुने देखिन्छ ।

अनामनगरको एक किराना पसलमा निहनु मैन बत्ती बेच्ने साना व्यापारीले अब मैन एक दुई दिन यता मैन वत्तीको समेत माग हुन छाडेको बताए । विस्तारै उपत्यकामा रहेका साना कारखानाहरु, सञ्चार उद्योगहरु, छापाखाना सहितको व्यापार व्यवशायमा दिनहु डिजल जेनेरेटर चलाउनु पर्ने बाध्यता बोकेकाहरु अहिले सरकारको यो निर्णय सधै कार्यन्वयन भईदिए हुन्थ्यो भन्न थालेका छन् ।
अनामनगर नागरिक दवाव अभियानका अभियान्ताहरुले सरकारलाई उपत्यका मात्र होईन देशै भरका जनतालाई छिटो भन्दा छिटो लोडसेडिङ हटाएर राहत दिन माग गरेका छन् ।

केही गर्न नसकेको भन्दै चौतर्फी आलोचना भईरहेका बेला लोडसेडिङ हटाए पछि सहानुभूति प्राप्त गर्न सफल भएको छ केही मात्रामा ।

यसमा तपाइको प्रतिक्रिया

Loading...