Loading...

संविधान संशोधनमा एमालेले अतिवादी सोच त्याग्नुपर्ने पौडेलको भनाई

काठमान्डौ ,कात्तिक २२ ।
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले संविधान संशोधनमा प्रमुख प्रतिपक्षी दल एमालेले अतिवादी सोच त्यागेर लचक हुनु पर्ने बताउनु भएको छ ।

साथै उहाँले संविधान संशोधनको कार्यमा मधेशी मोर्चाले पनि आफ्ना हठ त्यागेर केहि लचक हुनुपर्ने बताउनु भएको छ ।

नेपाली कांग्रेस कास्कीले पोखरामा आज आयोजना गरेको पार्टी कार्यकर्ता भेटघाटमा नेता पौडेलले यस्तो बताउनु भएको हो ।

नेता पौडेलले संविधान संशोधनमा एमाले र मधेसी मोर्चाले अतिरन्जित कुरा गरेर बखेडा थापेको आरोप लगाउनु भएको छ ।

मधेसी र जनजाती समुदायका गुनासालाई छिटो संविधान संशोधनवाट संबोधन गरेर संविधान कार्यान्वयनमा अघि बढ्नु पर्नेमा पौडेलको जोड थियो ।

यसमा तपाइको प्रतिक्रिया

Loading...