Loading...

अंगिकृत नागरिक देशको प्रमुख पदमा पुग्न सक्दैन : शर्मा

काठमाण्डौ , कार्तिक २२ ।
उर्जा मन्त्री जनार्दन शर्माले अंगिकृत नागरिक देशको प्रमुख पदमा पुग्ने गरी संविधान संशोधन नहुने दाबी गर्नुभएको छ ।

खलंगामा भएको नेपाल विद्युत प्राधिकरण रुकुम वितरण केन्द्रको उद्घाटन कार्यक्रममा बोल्दै मन्त्री शर्माले अंगिकृत नागरिक राज्यको प्रमुख कार्यकारी पदमा पुग्ने व्यवस्था नहुने बताउनु भएको हो ।

मन्त्री शर्माले नेपालको संविधान सर्वस्वीकार्य बनाउनको लागि संविधान संशोधनको तयारी भइरहेको तर बाहिर हल्लामा आए जस्तो गरी अंगिकृत नागरिकलाई प्रमुख पोष्टमा राख्ने गरी संशोधन नहुने बताउनु भयो ।

संविधान निर्माणको क्रममा देशका कतिपय समुदायका मुद्दा समेटिनबाट छुटेको भन्दै मन्त्री शर्माले उनीहरुको मागलाई सम्बोधन गर्न र समयमै निर्वाचनको लागि पनि संविधान संशोधन अनिवार्य रहेको उल्लेख गर्नुभयो ।

मधेसी, आदिवासी,जनजाती, थारु, मुस्लिमको जायज माग यथाशक्य सम्बोधन गरी निर्वाचनको वातावरण बनाउनलाई पनि तत्काल संविधान संशोधन हुनुपन उहाको भनाई छ ।

अर्को प्रसंगमा मन्त्री शर्माले सरकार आफ्नो प्राथमिकताबाट विचलित नभएको भन्दै संविधान कार्यान्वयन, भूकम्प पीडितलाई राहत वितरण र विकास निर्माण सम्बन्धी सरकारका तीन प्राथमिकता प्रति गम्भीर रुपमा लागिरहेको बताउनु भयो ।

यसमा तपाइको प्रतिक्रिया

Loading...