Loading...

छठ पूजा गर्ने क्रममा पोखरीमा डुबेर एक पुरुषको मृत्यु

काठमाडौ, २२ कार्तिक ।
मोरङको विराटनगरमा छठ पूजा गर्ने क्रममा पोखरीमा डुबेर एक पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा विराटनगर–२०, बर्मा टोलका अन्दाजी ५० वर्षीय सागर राई रहेका छन् ।

मोरङको विराटनगर १९ बैङ्क रोडस्थित पोखरीमा छठ पूजा गर्ने क्रममा नुहाउन पोखरीमा हाम फालेका उनको डुबेर मृत्यु भएको हो ।

लामो समयसम्म पोखरीबाट बाहिर ननिस्केपछि राईलाई प्रहरी र स्थानीयवासीले खोजी गर्दा उनको शव फेला परेको इलाका प्रहरी कार्यालय रानीले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया

Loading...