Loading...

महाभियोग प्रस्ताव विरुद्ध मुद्दा दर्ता गर्ने लोकमानको तयारी

काठमाडौ ,२२ कार्तिक ।
निलम्बित अख्तियार प्रमुख लोकमानसिंह कार्कीले संसदमा विचाराधीन महाभियोग प्रस्ताव र सर्वोच्च अदालतको म्याद तामेलीविरुद्ध मुद्दा दर्ता गर्ने तयारी गर्नु भएको छ ।

कार्की निकट स्रोतका अनुसार महाभियोग लगाउने निर्णय कानुनसम्मत नभएको तथा आफूमाथि भ्रष्टाचारमा छानविन हुन लागेपछि एमाले र माओवादी नेताहरुले बदनियत राखेर प्रस्ताव ल्याएको दाबी गर्दै मुद्दा दर्ता गर्ने तयारी गर्नु भएको हो ।

महाभियोग प्रस्तावमा सांसदलाई झुक्याएर सहीछाप गराई संख्या र्पुयाएको दाबी कार्कीका तर्फबाट गर्ने तयारी भएको स्रोतले बताएको छ । कार्कीले भोली सर्वोच्चमा दुई निवेदन दर्ता गर्ने गरी तयारी गरेको बताइएको छ ।

अदालतमा आफूविरुद्ध परेको योग्यता सम्बन्धी मुद्दा र संसदमा दर्ता महभियोग प्रस्तावविरुद्ध रणनीति बनाउन कार्की कानुनी सल्लाहकारसँग छलफलमा जुट्नु भएको छ ।

करिब एक दर्जन कानुन व्यवसायीसँग हिजो कार्कीले आफूविरुद्धको मुद्दा अदालतमा पेसी चढ्ने र त्यसलाई कसरी सामना गर्ने भन्ने विषयमा सुझाव माग गर्नुभएको थियो ।

यसमा तपाइको प्रतिक्रिया

Loading...