Loading...

म बनाउछु धरहरा अभियानका लागि सेनाद्धारा ६ करोड बढी सहयोग

काठमाडौ ,२२ कार्तिक ।
भूकम्पपछिको पुनरनिर्माणका क्रममा सरकारले घोषणा गरेको म बनाउछु धरहारा अभियान अन्तरगत नेपाली सेनाले आज सरकारलाई सहयोग रकम हस्तान्तरण गरेको छ ।

सेनाले आज बिहान एक कार्यक्रमकाबीच प्रधानमन्त्री पुष्पकमल दाहाललाई सहयोग रकम स्वरुप कोषमा ६ करोड १७ लाख १३ हजार सात ८३ रुपैयाँको चेक हस्तान्तरण गरेको हो ।

सेनाका जवानदेखि उच्च तहका अधिकृतसम्मबाट जम्मा गरिएको रकमको चेक प्रधानसेनापति राजेन्द्रबहादुर क्षत्रीले प्रधानमन्त्री दाहाललाई हस्तान्तरण गर्नुभएको हो ।

गत वर्षको विनाशकारी भूकम्पले राजधानीको धरोहरको रुपमा रहेको ऐतिहासिक भिमसेन स्तम्भ भत्किएपछि केपी ओली नेतृत्वको अघिल्लो सरकारले म बनाउछु धरहरा अभियान सुरु गरेको थियो ।

अभियानमा अहिलेसम्म तीन करोड रुपैयाँ जम्मा भएको छ । प्रधानमन्त्री दाहालले नेपालीकै सहयोगमा धरहरा छिट्टै निर्माण गर्ने बताउनु भएको छ ।

यसमा तपाइको प्रतिक्रिया

Loading...