Loading...

लोकतन्त्रको रक्षाका लागि कार्कीविरुद्धको महाअभियोग प्रस्ताव पास हुनु जरुरी : प्रधानमन्त्री

काठमाडौ २२ कार्तिक ।  

प्रधानमन्त्री पुष्पकमल दाहालले लोकतन्त्रको रक्षाका लागि अख्तियार प्रमूख लोकमानसिंह कार्कीविरुद्ध संसदमा पेश भएको महाअभियोग प्रस्ताव पारित गराउनु पर्ने जरुरी रहेको बताउनु भएको छ ।

बरिष्ठ मानव अधिकारकर्मी कृष्ण पहाडीको नेतृत्वमा आज बिहान प्रधानमन्त्री निवास बालुवाटार पुगेका मानव अधिकारकर्मीहरुको टोलीसँग प्रधानमन्त्री दाहालले यस्तो बताउनु भएको हो ।

हिजो भिन्न परिस्थितिमा सबैको सहमतिले कार्कीलाई अख्तियार प्रमूख बनाएपनि अहिले परिस्थिति अर्कै भएको र लोकतन्त्रको रक्षा र सार्वजनिक संस्थाहरुको संरक्षणका लागि महाअभियोग प्रस्ताव पास हुनुपर्ने प्रधानमन्त्री दाहालको भनाई छ ।

सरकारले प्रमूख दलहरुबीच सहमति जुटाएर महाअभियोग प्रस्ताव बहुमत पारित गराउने सम्बन्धमा छलफल गरिरहेको उहाँले बताउनु भयो । प्रमूख दलका शीर्ष नेताहरु महाअभियोगकै पक्षमा रहेको जानकारी गराउदै उहाँले आन्तरिक गृहकार्यपछि सहमतिमा पुगिने जिकिर गर्नुभयो ।

भेटमा प्रधानमन्त्रीले जनआन्दोलन लगायतका परिवर्तनका आन्दोलनमा मानव अधिकारकर्मीहरुको उल्लेख्य योगदान रहेको भन्दै प्रधानमन्त्री दाहालले खबरदारी जारी राख्न अधिकारकर्मीहरुलाई आग्रह गर्नुभएको छ ।

यसमा तपाइको प्रतिक्रिया

Loading...